८ बैशाख २०८१, शनिबार

नेपाली सेनाका ढकाललाई ‘वेष्ट रेफ्री अवार्ड’


दीपेन्द्र ढकाल

काठमाडौँ । नेपाली सेनाका तेक्वान्दो विधाका अन्तर्राष्ट्रिय निर्णायक (रेफ्री) दीपेन्द्र ढकाल ‘रोयल स्पेनिस इन्टरनेशनल ओपन तेक्वान्दो प्रतियोगिता २०२२’ मा वेष्ट निर्णयक घोषित भएका छन् ।

यही चैत १८ देखि २० गतेसम्म स्पेनको एलिकान्टेमा भएको विश्व वरियता जीटु तेक्वान्दो च्याम्पियनसीप’मा उनले वेष्ट रेफ्री बन्न सफल भएका हुन् । विश्वका ७९ देशका एक हजार बढी खेलाडीबीच प्रतिस्पर्धा भएको उक्त प्रतियोगिताका लागि ६५ भन्दा बढी मुलुकका निर्णयक सहभागी थिए ।

निर्णयक (रेफ्री) मध्ये उनी उत्कृष्ट घोषित हुन सफल भएका थिए । यसअघि बेल्जियम, फ्रान्स र पाकिस्तानमा भएका अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा पनि ढकाल निर्णायक थिए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !