बौद्धकालीनस्थलको संरक्षण र प्रवद्र्धनमा स्थानीय तह
२३ फागुन, नवलपरासी । गौतमबुद्धसम्बन्धी पश्चिम नवलपरासीमा रहेका विभिन्न बौद्धकालीन ऐतिहासिकस्थलहरुको संरक्षण र प्रवद्र्धनमा यहाँका स्थानीय तहहरु सक्रिय रहेका छन् । आ–आफ्नो स्थानीय तहको क्षेत्रभित्र पर्ने बुद्धकालीन स्थललगायत विभिन्न ऐतिहासिकस्थलको संरक्षण र प्रवद्र्धनमा यहाँका स्थानीय तह लागि परेका हुन् ।