खलङ्गा, २६ वैशाख । वैशाखदेखि बन्द रहेको जुम्ला विमानस्थाल आजदेखि सञ्चालनमा आएको छ । बाँकी रहेको स्तरोन्नतिको काम गर्नका लागि यही वैशाख ५ गतेदेखि बन्द भएको विमानस्थल आजदेखि नियमित सञ्चालन भएको नागरिक उड्डयन प्राधिकरण जुम्लाका प्रमुख कैलाश शर्माले बताउनुभयो ।