नवलपरासी, २८ वैशाख । भारतमा लोकसभा निर्वाचनको सुरक्षा अवस्थालाई लिएर जिल्लाका विभिन्न नेपाल–भारत सीमा क्षेत्रमा भारतीय सुरक्षाकर्मीद्वारा उच्च सतर्कता अपनाइएको छ । नेपाल–भारत सीमा क्षेत्रमा सुरक्षा संवेदनशीलतालाई मध्यनजर गर्दै सीमा क्षेत्रमा भारतीय सुरक्षाकर्मीद्वारा सुरक्षा अवस्था निकै कडा बनाइएको हो ।