उपभोग्य वस्तुमा मूल्यवृद्धि
१९ असोज, तुलसीपुर । दैनिक उपभोग्य सामग्रीको मूल्य दिन प्रतिदिन बढिरहेको छ । एकाएक मूल्य बढ्दा उपभोक्तासँगै व्यवसायी पनि आजित भएका छन् । नेपालीको महान् चाडपर्व दशैँ, तिहार नजिकिँदै गर्दा उपभोग्य सामग्रीमा पनि निकै मूल्यवृद्धि भएको स्वयं व्यवसायी बताउँछन् ।