बाढी र डुबानको समस्या समाधान नहुँदा सास्ती
गोपालप्रसाद बराल, महोत्तरी, ४ भदौ । असार मसान्तताका गणन्ते खोल्सीको भेलले पुरेको आँगनको गेगर बर्दिवास नगरपालिका–१ का विनोद खड्काले अझै हटाइसक्नुभएको छैन । साँझपख बादल मडारिएको देख्नासाथ विनोदजस्तै बर्दिवासका बासिन्दा रातभरि अझै जाग्राम बस्दैछन् । पाखा कन्दरा भत्काउँदै उर्लेर आएको