काठमाडौँ, १६ साउन । प्रतिनिधिसभाको बैठकमा केही दिनदेखि जारी अवरोध हटाउने विषयमा राजनीतिक दलबीच सहमति नभएपछि आजको बैठक पनि स्थगन भएको छ । अवरोध हटाउने सम्बन्धमा सभामुख कृष्णबहादुर महराले आज सङ्घीय संसद् भवन नयाँ बानेश्वरमा सर्वदलीय बैठक बोलाउनुभएको थियो ।