२५ कार्तिक २०८१, आइतबार
मुख्य समाचार

प्रधानमन्त्री ओली व्यस्त रहेकोले पार्टी एकता समितिको बैठक स्थगित

२८ चैत, काठमाण्डौ । एमाले र माओवादीको पार्टी एकता संयोजन समितिको बैठक स्थगित भएको छ । बुधबार साँझ पाँच बजेका लागि एकता समितिको बैठक बोलाइएको थियो । प्रधानमन्त्री केपी शर्मा ओली व्यस्त रहेकोले आजको बैठक स्थगित गरिएको नेताहरुले बताए ।