१९ बैशाख २०८३, शनिबार
मुख्य समाचार

भरतपुर अस्पताल रेडियोलोजी विभाग : जिम्मेवार छैनन् चिकित्सक

चितवन । भरतपुर अस्पतालमा रेडियोलोजी सेवा लिन आउनेले हैरानी व्यहोर्नु परिरहेको छ । दिनका समयमा अत्यधिक भिडभाड र रातमा जिम्मेवारी भएर पनि चिकित्सक तथा प्राविधिक नहुँदा सेवाग्राहीले सास्ती खेप्नु परेको हो । अत्यावश्यक उपचारका लागि सो सेवा आवश्यक पर्छ ।