२८ बैशाख २०८३, सोमबार
अन्तर्राष्ट्रिय समाचार

पश्चिम अफगानिस्तानमा ६९ तालिबानी लडाकूले आत्मसमर्पण गरे

फिरोजकोआह, अफगानिस्तान, २२ पुस । अफगानिस्तानको पश्चिमी प्रान्त घोरमा अफगान सैनिकसमक्ष ६९ जना तालिबानी लडाकूहरुले आत्मसमर्पण गरेका प्रान्तीय सरकारले मङ्गलबार जानकारी दिएको छ । अफगानिस्तान नेसनल आर्मी (एएनए) द्वारा गत एक हप्ताको अवधिमा तालिबानी लडाकूविरुद्ध कारबाही शुरु गरेको थियो ।