२१ भदौ २०८३, आइतबार
स्वास्थ्य

हिमालय एयरलाइन्सद्वारा चीनका तीन शहरको उडान स्थगित

काठमाडौँ, २० माघ । चीनको वुहान प्रान्तमा फैलिएको कोरोना भाइरसका कारण नेपालबाट अन्तर्राष्ट्रिय उडान गर्ने हिमालय एयरलाइन्सले चीनका विभिन्न गन्तव्यमा उडान स्थगन गरेको छ । एयरलाइन्सले तत्कालका लागि चीनका तीन शहर सेन्जेन, छाङसा र गोया उडान स्थगित गरेको हो ।