भारतमा एकै दिन चार लाख बढी कोभिड–१९ संक्रमित, झण्डै चार हजारको मृत्यु
नयाँ दिल्ली, २४ बैशाख । कोरोनाभाइरस (कोभिड–१९) महामारीको दोस्रो लहरको सङ्कट व्यहोरिरहेको भारतमा विगत २४ घण्टाको अवधिमा चार लाख १४ हजार नयाँ सङ्क्रमित फेला परेका छन् । भारतमा यो सहित कूल संक्रमितको संख्या दुई करोड १५ लाख पुगेको छ ।