८ बैशाख २०८१, शनिबार

नेपालमा एकैदिन ९०७० जनामा कोरोना संक्रमण पुष्टि, ५४ जनाको मृत्यु


नेपालमा कोरोना

काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा २०३६७ जनामा पिसिआर परिक्षण गर्दा ८९७० जना र ७७५ जनामा एन्टीजेन परिक्षण गर्दा १०० जनामा गरी जम्मा ९०७० जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएसंगै नेपालमा कोरोना संक्रमितको संख्या ३ लाख ६८ हजार ५८० जना पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको हो ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा २७०७ जनाले कोरोना जितेसंगै नेपालमा कोरोना भाइरस जित्नेको संख्या २ लाख ९२ हजार ४९० जना पुगेको छ । पछिल्लो २४ घण्टामा कोरोना संक्रमणवाट ५४ जनाको मृत्यु भएसंगै हालसम्म कोरोना संक्रमणवाट ३५२९ जनाको मृत्यु भईसकेको छ ।

हालसम्म नेपालमा २५ लाख ७८ हजार ४१८ जनाको पिसिआर परीक्षण भएको छ । सक्रिय कोरोना संक्रमितको संख्या ७२५६१ जना रहेको छ भने ३१४ जना क्वारेन्टिनमा रहेको मन्त्रालयले जनाएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !