१८ बैशाख २०८३, शुक्रबार
हेडलाइन

कोरोना संक्रमणबाट पाटन अस्पतालमा उपचाररत २ जनाको मृत्यु

काठमाडौँ । ललितपुर जिल्लाको पाटन अस्पतालमा उपचाररत २ जना कोरोना भाइरस (कोभिड-१९) संक्रमितको मृत्यु भएको छ । जिल्ला कोभिड-१९ संकट व्यवस्थापन केन्द्र, ललितपुरले शुक्रबार विज्ञप्ति जारी गर्दै १ जना महिला तथा १ जना पुरूषको कोरोना संक्रमणवाट मृत्यु भएको जनाएको छ।