डडेल्धुरा, भदौ ८ । कैलालीका ४७ जनासहित सुदूरपश्चिम प्रदेशमा थप ५७ जनामा कोरोना भाइरस (कोभिड-१९) को पुष्टि भएको छ । डडेल्धुरा अस्पतालको कोभिड-१९ प्रयोगशालामा गरिएको परीक्षणमा थप ५७ जनामा कोरोना संक्रमण देखिएको डडेल्धुरा अस्पतालका प्रयोगशाला इन्चार्ज इश्वरी प्रशाद भूषालले आज