काठमाडौं । सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटनसम्बन्धीको मुद्दामा विपक्षीका नाममा कारण देखाउ आदेश जारी गरेको छ । संवैधानिक इजलासले प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दाको आज बुधबार प्रारम्भिक सुनुवाइ गर्दै राष्ट्रपति कार्यालय, प्रधामन्त्री केपी शर्मा ओली लगायतका विपक्षीसँग कारण देखाउ आदेश जारी गरेको हो