२४ वैशाख, नवलपरासी । पश्चिम नवलपरासीको प्रतापपुर गाउँपालिकामा रहेको मुस्लिम समुदायका बालबालिकाले अध्ययन गर्ने मदरसामा जिल्लामै पहिलो पटक कम्प्युटर शिक्षाको अध्यापन शुरु गरिएको छ । प्रतापपुर गाउँपालिका–६ मा मदरसा मदिनतूल ओलुम विद्यालयमा कम्प्युटर शिक्षाको अध्ययन शुरु गरिएको हो ।