सम्पादकीय

  • Editorial

    अन्तर्राष्ट्रिय बजार अनुसार कहिले हुन्छ पेट्राेलियम पदार्थको मूल्य समायाेजन

    नेपालपत्र, २४ जेठ २०७५ । नेपालमा पछिल्लाे समय पटक पटक पेट्राेलियम पदार्थकाे मूल्य वृद्धि भइरहेकाे छ । ‘स्वचालित मूल्य नीति‘ अपनाइएको भन्दै सरकारले निगमलाई मूल्य बढाउन अपेक्षाकृत स्वतान्त्रता दिएको छ । अहिले त्यही स्वचालित मूल्य नीतिअन्तर्गत मूल्य समायोजन गर्ने कार्य भइरहेको दाबी अायल निगमकाे छ । तर, अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य घटेको बेलामा पनि […]

  • Editorial

    बजारकाे कृतिम अभाव नियन्त्रण गर !

    नेपालपत्र, २३ जेठ २०७५ । बजारमा महँगी एकाएक बढ्दै गएकाे छ । बजेट भाषणमा अागामी वर्षकाे लागि करकाे दायरा सार्वजनिक भएलगत्तै बजारमा कृतिम अभाव र मुल्यवृद्धि भएकाे छ । खाद्यान्न र पेय पदार्थमा अागामी श्रावणपछि बढ्नुपर्ने मूल्य अहिले नै बढेकाे छ । यसरी बजारमा कृतिम अभाव र मुल्यमा अत्याधिक वृद्धि हुँदा समेत सरकारले अनुगमन गरेर […]

  • Editorial

    मन्त्रिपरिषद्काे विस्तार बेमाैसमी बाजा

    नेपालपत्र, २० जेठ २०७५। सरकार बहुमतमै रहेकाे अवस्थामा पनि प्रधानमन्त्री केपी शर्मा अाेलीले मन्त्रपरिषद् विस्तार गरेका छन् । त्यतिमात्र हाेइन हालकाे मन्त्रिमण्डलमा दुई उपप्रधानमन्त्रीसमेत थप गरिएकाे छ ।सरकार मन्त्रिपरिषद्मा भएको पछिल्लाे  विस्तारलाई अस्थिरताको संकेतै भनिहाल्न हतार हुनसक्छ तर यसबाट सन्देश भने त्यस्तै प्रवाहित भएको छ । मन्त्रिपरिषद्मा उपप्रधानमन्त्री नराख्ने भन्दै आएका प्रधानमन्त्री ओलीले एकैपटक दुई […]

  • Editorial

    दरवार हत्याकाण्डकाे सत्र वर्ष पूरा, हत्याकाण्ड रहस्यमै सीमित

    नेपालपत्र, १९ जेठ २०७५ । नेपालकाे इतिहासमा २०५८ साल जेठ १९ गते कालाे दिनकाे रूपमा परिचित बन्न पुगेकाे छ । राजाकै हैसियतमा रहेकाे र उच्च सुरक्षाघेरामै हुँदासमेत तत्कालीन राजा वीरेन्द्र वीर विक्रम शाहकाे दरवार भित्रै हत्या भयाे । त्याे हत्यामा राजा वीरेन्द्रसहित रानी एेश्वर्य, युवराज दिपेन्द्र, राजकुमार निराजन र राजकुमारी श्रुतिकाे हत्यासँगै राजपरिवारकाे सम्पूर्ण वंश […]

  • Editorial

    सार्वजनिक यातायातमा कहिलेसम्म कोचाकोचमा यात्रा गर्नु सरकार ?

    नेपालपत्र, १८ जेठ २०७५ । सरकारले विगत २५ वर्षदेखि यातायात क्षेत्रमा रहँदै आएको सिन्डिकेट अन्त्य गरेर व्यवसायीको एकाधिकार समाप्त गरेको छ  । तर पनि सार्वजनिक यातायातमा सर्वसाधारणले सहज रूपमा यात्रा गर्ने अवस्था सिर्जना भएको पाइदैन । एक त साना सवारीसाधन धेरै हुनु र साँझ ८ बज्नु अगाडि नै सडकमा गाडी कम चल्नुले सार्वजनिक यातायातमा भीडहुने […]

  • Editorial

    काठमाडौँको सडक व्यवस्थित हुन कति कुर्ने सरकार !

    नेपालपत्र, १७ जेठ २०७५ । काठमाडौँमा विभिन्न क्षेत्रको विकाशको नाममा सडकको अवस्था निकै नाजुक बनेको छ । कहिले खानेपानीको पाइप बिछ्याउने नाममा होस् या ढल बेवस्थित गर्ने नाममा । एकपछि अर्को बाहनामा सडक वर्षभरिनै मर्मतमै बितेको देख्न सकिन्छ । हिउँदमा धुलोले सताएको यस सहरलाई अब बर्खाभरि हिलोले सताउने निश्चित छ । सडक खन्ने तर समयमा […]

  • Editorial

    शक्तिशाली कम्युनिष्ट सरकारको बजेट पुरानै निरन्तरतामा सीमित !

    नेपालपत्र, १६ जेठ २०७५ । नेपालको इतिहासमै पहिलो पटक संसद्मा पूर्ण बहुमत भएको शक्तिशाली कम्युनिष्ट पार्टीको सरकार अहिले रहेको छ । नेपालमा संघीयता कार्यान्वयन भएपछिको यो पहिलो बजेट हो । देश सङ्घीयतामा गइसकेको अवस्थामा र राज्यले अधिकार पाईसकेपछि यस पटकको बजेट सरकारले पेश गरेको हो । नयाँ संविधान जारी भएसंगै संविधानअनुसार प्रत्येक वर्षको जेठ १५ […]

  • Editorial

    गणतन्त्र नेताको मात्र विजय र जनताको पराजय नहोस् !

    नेपालपत्र, १५ जेठ २०७५ । दोस्रो जनआन्दोलनको सफलतासँगै नेपालमा गणतन्त्र आउने बाटो खुल्यो । पहिलो संविधान सभाको पहिलो बैठकले २०६५ जेठ १५ गते नेपाललाई गणतन्त्र घोषित गरेको थियो । आज नेपालमा गणतन्त्र आएको ११ वर्ष पुरा भइसकेको छ तर, गणतन्त्रपछि सत्ताको चरित्र र प्रवृत्तिमा जनमुखी परिवर्तन होला भन्ने जनअपेक्षा भने अझै पूरा भएको छैन । जनताले […]

  • Editorial

    सुशासनकाे तयारी: मन्त्रीकाे सम्पत्ति विवरण सार्वजनिक

    नेपालपत्र, १४ जेठ २०७५ । प्रधानमन्त्री केपी शर्मा ओलीको सरकारले मन्त्रीहरूको सम्पत्ति केही दिन अगाडि सार्वजनिक भएपछि सर्वसाधारणले आफ्नो सरकारका मन्त्रीको आर्थिक स्थितिबारे जानकार हुने मौका पाएका छन्। विवरण सार्वजनिक हुनासाथ सामाजिक सञ्जालदेखि सबै ठाउँमा यसबारे चर्चा–परिचर्चा भइरहेको छ। सर्वसाधारणको अवस्था सुध्रिनसकेको अवस्थामा मन्त्रीहरूको आर्थिक हैसियत बढेको देख्दा स्वाभाविक रूपमा चासो बढेको हो। एकाध मन्त्री […]

  • Editorial

    प्रदेश २ काे सरकारलाई दिएकाे समर्थन नेकपाद्वारा फिर्ता, अबकाे बाटाे के?

    नेपालपत्र, १३ जेठ २०७५ । नेकपाले केन्द्रीय सरकारका प्रदेश दुईकाे नेतृत्व गर्ने दलकाे समर्थन पाएकाे छ भने प्रदेश दुईलाई तत्कालिन माअाेवादी र एमालेले समर्थन गरेका थिए । त्यतिमात्र हाेइन केन्द्रीय सरकारमा संघिय समाजवादी फाेरमलाई सरकारमा ल्याउने तयारीकैवीच भारतीय प्रधानमन्त्री नरेन्द्र माेदीकाे नेपाल भ्रमणका क्रममा प्रदेश २ का मुख्यमन्त्रीले दिएकाे अभिव्यक्तिका कारण नेकपाले प्रदेश २ सँग […]

  • विधिकाे शासन कहिले लागू हुन्छ!

    नेपालपत्र, १२ जेठ  २०७५ । सरकारले केही दिन अगाडि नीति तथाा कार्यक्रम प्रस्तुत गरेेेेकाेे छ ।  सरकारको नीति र कार्यक्रममा पटकपटक सुशासनको वाचा दोहोरिएको छ । शासनको थिचोमिचो, हेलचेक्य्राइँ र उपेक्षा सहन विवश जनतामा सबैभन्दा बढी आशा पनि यही वाचाले जगाएको हुनुपर्छ । व्यवहारमा यो सरकार पनि पूर्ववर्तीहरूजस्तै विधिको शासनलाई उपहासको विषय बनाउनै प्रवृत्त देखिएको छ […]

  • Editorial

    बिराटनगरकाे सम्पर्क कार्यालय हटाउनु सकारात्मक 

    नेपालपत्र, १० जेेठ २०७५ । उद्देेेश्य सकिएको निकै वर्ष बितिसक्दा पनि सञ्चालन हुँदै आएको भारतीय दूतावासको सम्पर्क कार्यालय लगातरको दबाब पछि अन्ततः हट्ने भएको छ। १० वर्षअघि सप्तकोसी नदीमा आएको बाढीले पूर्व पश्चिम राजमार्ग अवरोध भएको अवस्थामा भारतकाे बाटाे प्रयाेग भएर गाडी सञ्चालनको लागि फिल्ड अफिस खोलेको थियो । तर नेपाली वाटाे सञ्चालनमा अाउनेसाथ नेपालले […]

  • Editorial

    युवापुस्ताकाे लागि क्रिकेटका सन्दीप अाइडल बन्न सफल

    नेपालपत्र, ९ जेठ २०७५ । नेपाली यू १६ टोलीका लेग स्पीनर सन्दीप लामिछानेलाई अहिले बधाई दिनेहरूकाे भीड लागेकाे छ । नेपाली क्रिकेटका युवा खेलाडी सन्दीप लामिछानेलाई डिल्ली डियरडेभिल्सले अनुबन्ध गरेसँगै उनकाे चर्चा चुलिएकाे थियाे । त्यतिमात्र हाेईन याे पटककाे अाईपीएल नेपालीका लागि सन्दीपका कारण धेरै लाेकप्रिय भएकाे थियाे । त्यतिमात्र हाेइन सन्दीपले अाईपीएलमा पाएकाे अवसर […]

  • Editorial

    सरकारकाे राेजगार सम्बन्धी महत्वकांक्षी लक्ष्य, पूरा हाेला  घाेषणा ?

    नेपालपत्र, ८ जेठ २०७५ । संघीय गणतन्त्र नेपालकाे संघीय संरचनाकाे कार्यन्वयन हुने सन्दर्भमा सरकारले याे पटक प्रस्तुत गरेकाे नीति र कार्यक्रम सबैकाे चासाेकाे विषय बनेकाे छ । यस पटक सरकारले प्रस्तुत गरेकाे नीति तथा कार्यक्रम भनेकाे पार्टी एकतापछि बहुमत प्राप्त नेकपाले पहिलाे पटक एकलाैटी सरकारकाे हैसियतमा प्रस्तुत गरेकाे नीति तथा कार्यक्रम हाे । चुनावी घाेषणापत्रका […]

  • Editorial

    वृद्ध र विद्यार्थीले परिचयपत्रका अाधारमा पाउने सहुलियत दिवा सेवामा मात्र हाे र !

    नेपालपत्र, ७ जेठ २०७५ । विद्यार्थी र वृद्धहरूले परिचयपत्र देखाएपछि छुट पाउने सम्झाैता यातायात व्यवसायी र विद्यार्थी संघ संगठनविच सरकारी समन्वनमा भएकाे छ । विद्यार्थी र वृद्धहरूले कार्ड सहुलियत पनि पाइरहेकाे अवस्था नै भए पनि केही रूटमा केही सार्वजनिक सवारी साधनले बेलुका ८ बजेपछि कार्ड छुट नदिएकाे पाइयाे । यातायात व्यवसायीकाे समेत सहमति विना नै चालक […]