सिञ्जा, १८ फागुन । जुम्लाको सिञ्जा कनकासुन्दरी गाउँपालिकाका भक्तबहादुर बुढाले यस वर्ष आफ्नो बारीका स्याउका बिरुवा प्रधानमन्त्री आधुनिकीकरण पकेट क्षेत्रमा पठाउनुभयो । उहाँको नर्सरीबाट रिखेवडार स्याउ पकेट क्षेत्रमा मात्र ६०० बिरुवा बाहिरियो । उहाँसँग स्याउका बिरुवाको माग अत्यधिक छ ।