१२ आश्विन २०८१, शनिबार
कर्णाली प्रदेश

बझाङमा पहिरोमा पुरिएर महिलाको मृत्यु

बझाङ । बझाङ जिल्लाको तलकोट गाउँपालिका-६ रजाडामा पहिरोमा पुरिएर एक महिलाको मृत्यु भएको छ । धारामा पानी भर्दै गर्दा शुक्रबार दिउँसो जमिन भासिएर स्थानीयवासी ६० वर्षीया सुना दमाई पुरिएर घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बझाङका प्रमुख रूपक खड्काले बताए