१३ बैशाख २०८१, बिहिबार

कर्णाली एमाले संसदीय दलका बैठकमा तीन सदस्य अनुपस्थित


प्रकाश ज्वाला, कुर्मराज शाही, नन्दसिंह बुढा र अम्बरबहादुर थापा

सुर्खेत । नेकपा (एमाले) कर्णाली प्रदेश संसदीय दलका बैठकमा पुनःबहाली भएका प्रदेशसभाका चार सदस्यमध्ये नेता प्रकाश ज्वाला भने सहभागी भएका छन् । अनुपस्थित हुनेमा अम्मरबहादुर थापा, कुर्मराज शाही र नन्दसिंह बुढा रहेका छन् ।

प्रदेशसभाको आजको बैठकमा प्रदेश सरकारको नीति तथा कार्यक्रम निर्णयार्थ पेश गरिने र बजेट सार्वजानिक गर्ने कार्यसूची छ । आज बिहानको सो दलका बैठकमा उपस्थित हुन उनीहरुलाई पत्राचार गरिएको बताइएको छ ।

संसदीय दलका बैठकमा सहभागी हुन एमालेले आमन्त्रण गरे पनि चारै सदस्य अनुपस्थित भएको भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री कुर्मराज शाहीले जानकारी दिए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !