१३ बैशाख २०८१, बिहिबार

कर्णाली सरकारको नीति तथा कार्यक्रम बहुमतले पारित


कर्णाली प्रदेशसभा

सुर्खेत । कर्णाली प्रदेश सरकारको नीति तथा कार्यक्रम पारित भएको छ । प्रदेश सरकारले पेश गरेको नीति तथा कार्यक्रम संसदबाट बहुमतले पारित भएको हो ।

प्रदेशसभा संसदमा उपस्थित बहुमत सदस्यले नीति तथा कार्यक्रमको पक्षमा मतदान गरेका हुन् । आज मंगलबार बसेको बैठकमा मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले जवाफ दिएपछि नीति कार्यक्रम पारित भएको हो ।

आज बसेको बैठकमा एमाले संसदीय दलका नेता यमलाल कँडेलले समय लिएर बोल्दै बजेट पेश गर्नुपर्ने बाध्यात्मक अवस्था भएकाले आफूहरुले विरोधको तरिका बदल्ने बताएका थिए ।

प्रदेशसभा बैठक अपरान्ह ४ बजेसम्मका लागि स्थगित भएको छ । अव ४ बजेपछि बस्ने बैठकबाट आगामी आर्थिक वर्ष २०७८/७९ को बजेट प्रस्तुत हुदैंछ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !