७ बैशाख २०८१, शुक्रबार

बझाङका एमाले नेता मिश्र रोकायाको निधन


मिश्र रोकाया

बझाङ । नेकपा (एमाले) का बझाङ जिल्ला कमिटी सदस्य एवं खप्तड पर्यटन विकास समितिका सदस्य मिश्र रोकायाको निधन भएको छ । खप्तडछान्ना गाउँपालिका-५ माझी गाउँका रोकायालाई दुई हप्ता अघि जिल्ला अस्पताल सिमखेतमा कोरोना परीक्षण गर्दा पोजेटिभ देखिएपछि जिल्ला अस्पताल सिमखेत र पछि थप उपचारको लागि डडेलधुरा प्रादेशिक अस्पताल लगिएको थियो ।

पछिल्लो समयमा कोरोना रिपोर्ट नेगेटिभ आएको तिन दिनपछि उनको निधन भएको छ । थप उपचारका लागि काठमाडौँ लाने तयारी भए पनि मौसमले साथ नदिएको परिवारले जनाएको छ ।

विसं २०७४ को चुनावमा खप्तडछान्ना गाउँपालिका अध्यक्षका उम्मेदवार समेत हुनुभएको थियो । उनको निधनले खप्तड छान्ना गाउँपालिकाले एक अशल अभिभावक गुमाएको रोकाया आफन्त समेत रहेका वडाध्यक्ष भीम रोकायाले बताए ।

रोकायाका श्रीमती, दुई छोरा र एक छोरी छन् । रोकायाको निधनमा एमाले सुदूरपश्चिमका नेता तथा पूर्वमन्त्री भानुभक्त जोशीले श्रद्धाञ्जलि व्यक्त गरेका थिए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !