लेखहरु

  • साथीहरु ! थेसिस किनेर किनिन्छ?

    प्युठानको किमिचौर पुग्दा सुर्यका किरणहरु ओझेल परिसकेका थिए । कहिल्यै नदेखेको यो ठाउँ हेर्दा त पहिला कुन मुग्लानमा आइयो जस्तो भयो तर माडी खोला र लुङ्ग्री खोलाको संगम हेर्दा बढो मनमोहक लाग्यो। गन्तब्य टाढै भएकोले ढिला नगरीकन अघी बढियो । हेर्दा नजिक तर नागबेलीझैँ बेरिएका पहाडका बाटोहरु काट्न घण्टौँ लाग्ने। “दाई! हरी गाउँ पुग्न कती […]

  • teacher

    टिचर किन खँडुस हुन्छन् बैनी?

    “मलाइ त टिचर मनै पर्दैन!” अलि अलि मुख बिगारेर भनिन् उनिले। सङ्गैको साथीले सहमती जनाइन्, “ह्याआआ!! खँडुस हुन्छन् तिनिहरु”। सुरुप्प पारेर निल्न खोजेको चिया गाह्रो पर्यो निल्न। पुलुक्क हेरेर टाउको घुमाएँ। कता कता ननिको लाग्यो। आफुले पनि जिवनमा पहिलोचोटी दुइ चार रुपैयाँ कमाउन सिकेको र जिवनको हरेक पाटोहरुमा सँघर्ष गर्न सिकेको पेशा हो यो। यसरी […]

  • bharat-bhandari

    कुन बिज्ञानको बारेमा सोध्दै हुनुहुन्छ?

    सबैले सोध्न थाले किन बिज्ञान का बारेमा लेख्दैनौ ? बिज्ञान? कुन बिज्ञानको बारेमा सोध्दै हुनुहुन्छ? ए!! त्यो मैले पढेको बिषय ? त्यो त अरुले पत्ता लगाएका र लेखेका कुराहरु पो हुन त ।मैले पढेको मात्र हो, कहाँ गहिरो सोच र विचार बिना बिज्ञान जानिन्छ र ? म सङ्ग बिज्ञान भएपो लेख्नु ।म त रित्तो छु, […]

  • truth_sign

    के हो त जिवनको वास्तविक सत्य ?

    “जन्म, मृत्यु, दिन, रात, माया, मोह, आफ्ना, अर्का यी सबै झुट हुन्, सच्चा त केवल आत्मा हो जो अमर छ, जब सम्म सृष्टी रहन्छ, तब सम्म आत्मा मात्र सच्चा हो अरु सबै झुट्” बडो रबाफका साथ भन्दै हुनुहुन्थ्यो उहाँ । “यस्तो झुट संसारमा हामी झुटा पात्र हौँ, हामी पात्र भित्रका आत्मा हाम्रो बशमा छैन, यी […]

  • gunas

    गुणका प्रकार: तामस्, रजस् र सत्त्व

    ब्रह्माण्डका गुण जति ३ प्रकारमा बाँढ्न सकिन्छ: तामस्, रजस् र सत्त्व । आलस्यता भनेको तामस् हो, गतिशिलता भनेको रजस् हो र उच्च अवस्थामा पुग्ने गुण सत्त्व हो। यी तीन गुण विपरित कुनै पनि भौतिक संरचना अस्तित्वमा छैन। एउटा अणु स्थिर हुनु, चलायमान हुनु र उत्तेजित हुनुमा पनि यी गुणहरु हावी हुन्छन्। यी तीन तत्वबिना तपाईं […]

  • gayatri-mantra

    दैनिक जप गर्नु पर्ने आखिर त्यस्तो के छ गायत्री मन्त्रमा ?

    ।।ॐ भूर्भुवः स्वः तत्सवितुर्वरेण्यं भर्गो देवस्य धीमहि धियो यो नः प्रचोदयात्।।  त्याे प्राणस्वरूप रहेको, दुखलाइ नाश गरी सुख प्राप्ती गराईदिने, सवैभन्दा श्रेष्ठ, तेजस्वरुप भएका, पापलाई नाश गर्ने, देवस्वरूप परमात्मालार्इ हामी अंत:करणमा धारण गराैँ। ति परमात्माले  हाम्रो बुद्धी लाई सत्मार्गमा हिँड्न प्रेरित  गरुन् । तपाईँले दैनिक रुपमा जनै समातेर बिहान बेलुकी मनमनै जप्ने गरेको यो मन्त्र साँच्चै के […]

  • bharat-bhandari

    कसरी रोक्छौ युवाहरुलाई देशमा ?

    ” तर म त काम नलाग्ने युवा परेँ, खुलेरै कुनै पनि पार्टिको झण्डा नबोकेको अनि कुनै पनि पार्टिको नेताको घरमा गएर स्वस्ती पनि नगरेको । न कुनै पार्टिका नेताले चिन्छन् न कुनै संगठनमा मेरो नाम छ । त्यहाँ पनि नेपालमै बसेर पढेको न सरकारी जागिर न काठमाण्डौमा घर न बा को पेन्सन् । कस्ले गन्ने […]

  • shree krishna

    आखिर श्रीकृष्ण रहेछन् एक

    कर्मण्येवाधिकारस्ते मा फलेषु कदाचन । मा कर्मफलहेतुर्भुर्मा ते सङ्गोस्त्वकर्मणि: । । जीवन र जगत बुझ्नकालागी सबैभन्दा पहिले त आफैँलाइ बुझ्नु पर्दछ । बिज्ञान भन्छ “सवभन्दा शक्तिशाली परमाणु हुन्छ तर त्यो असाध्यै सुछ्म हुन्छ” । तेसैगरी शास्त्र भन्छ, “ब्रम्हाण्ड भन्दा पृथ्बी सुक्ष्म छ, पृथ्वी भन्दा पन्च तत्व सुक्ष्म छ, त्यो भन्दा शरिर सुक्ष्म छ, शरिर भन्दा […]

  • frustration

    किन आउँछ फ्रस्टेसन पुरुषहरुमा

    प्राय जस्तो हरेक मानिसहरुमा कुनै पृथक खालको अदृस्य ब्याबहार लुकेको हुन्छ । सामान्य मानिसले देख्न र बुझ्न सकिने खालको ब्याबहार र सबै मानिसलाइ सामान्य लाग्ने ब्याबहार प्राय सामान्य अबस्ठामा देखिने गर्छन । सामान्य ब्याबहार सबैलाइ मान्य हुन्छ भने असामान्य ब्याबहार सबैलाइ मान्य हुदैन ।  केही अदृस्य र असामान्य ब्याबहार भने अलि फरक तरिकाले देखाउने गर्छन […]

  • natural

    चेतन र प्रकृतिको समिश्रण:हाम्रो जीवन

    मानव जीवन निकै अतुलनिय छ, हामी भित्र रहेको जिनको अथाह विकसित अवस्था पछि हामी पृथ्वीमा यो रुपमा रहेका छौं, हामी स्वयम् मा हेरौं प्रकृतिले कति कुराहरुको समिश्रण हामीमा प्रयोग गरेको छ, तब न हामी आफुलाई स्वयम एक शरीरको रुपमा खडा गरेका छौं। शरीर त पाँच तत्वद्वारा निर्मित छ: आकाश, वायु, तेज, पानी र पृथ्वी, जुन […]

  • childhood-&-buddhahood

    मानिसको क्रमविकास सरलताबाट सरलतातर्फ हुन्छ :

    पहिलो सरलता अज्ञान स्वरूप हुन्छ र दोस्रो प्रकाश स्वरूप । पहिलो सरलता निद्रा स्वरूप हुन्छ र दोस्रो जागृत स्वरूप । पहिलो स्वरूप दैवी उपहार हो र दोस्रो मानिसको आफ्नै प्रयत्न ,आफ्नै लगाव र आफू प्रतिको कर्म । पहिलो बिलाएर जान सक्छ तर दोस्रो बिलाएर जानै सक्दैन । पहिलो आफ्नै स्वरूपमा जानै पर्छ,यो क्षणभंगुर छ र […]

  • nepal betwen china and india

    भूराजनीतिक चेपमा नेपाल

    आफूलाई टिकाउन भूराजनीतिको अन्धाधुन्ध प्रयोगमा लागेका नेताहरूले यसबाट निम्तिने संकटप्रति आँखा चिम्लिएका छन्। वैशाख २०७२ को महाभूकम्पले काठमाडौं खाल्डोको उँचाइ बढाएको चर्चा सेलाउन नपाउँदै नेपाल नयाँ संविधानका कारण अन्तर्राष्ट्रिय मञ्चहरूमा पुनः चर्चित भयो। संविधान निर्माणमा ‘ब्रेक–थ्रू’ मानिएको मुख्य राजनीतिक दलहरूबीचको १६ बुँदे सहमति, संविधानप्रतिको स्वामित्व आन्तरिक शक्तिहरूमै राख्ने दलहरूको अठोट, त्यससँग जोडिएर आएको बाहिरी शक्तिहरूको […]

  • sunrise

    नयाँ वर्ष मनाउँदा संयमता र सजगता अपनाऔँ

    हाम्रो यो व्यस्त जीवनमा विभिन्न पर्व र अवसरहरु आइरहन्छन् । यी अवसरहरुमा हामी प्राय: मनोरन्जन र घुमघाम रोज्दछौं । नयाँ वर्ष मनाउनका लागी हामीमध्ये केहीले अघिल्लो दिनदेखि नै बाहिर बस्ने गरी घर छोड्छौं भने केहीले नयाँ वर्षको दिनमै विभिन्न ठाउँहरुको यात्रा गर्दछौं। आजका युवापिंढीहरुमध्ये धेरै जसोले यस्ता अवसरहरुमा मदिराजन्य पदार्थ सेवन गर्ने क्रम बढेको छ […]

  • nisargadatta-maharaj

    आध्यात्मिक गुरु श्री निसर्ग्दत्त महाराजको केहि चर्चित भनाइहरु

    प्रेम भन्छ,” म सम्पूर्ण हूँ”, विवेक भन्छ,”म केहि होइन”, यी दुइको बीच मेरो जीवनधारा बग्छ ।। हामी एक अर्काका सृष्टिकर्ता र जीव हौँ, एक अर्काका बोझ पैदा गर्ने र बोक्ने ।। अवधारणाहरु वर्णन गर्न सजिलो छ तर सबै अवधारणाहरु छाड्न गार्हो र दुर्लभ छ।। तपाईं र ममा दुइ फरक चेतना देखिए पनि आखिर यी एक […]

  • नेपाली राजनीतिको परिदृश्य

    नेपाली राजनीतिको परिदृश्य

    कवि गोपाल प्रसाद रिमालको महावाणी थियो किः“राष्ट्रको जीवनमा महत्वपूर्ण घटनाहरू एक जुगमा एकदिन एकपटक आउँछन्” । प्रायः सवै देशका संविधान सभाको निर्वाचन एकपटक मात्र हुने गर्दछ । इतिहासका कालखण्डमा राजनीतिमा कहिलेकाही अपवादको नियम पनि लागु हुँदोरहेछ । तर नेपालमा विभिन्न राजनीतिक पार्टीहरूका बीचमा सहमति कायम हुन नसकेकोले गर्दा हाम्रो देश नेपालमा दोस्रो पटक संविधान सभाको […]