१४ बैशाख २०८१, शुक्रबार

सरकारको निर्णय : महँगो गाडी र मदिरा आयातमा रोक


गाडी

१६ चैत, काठमाडौं । नेपाल सरकारले महंगा सवारी साधन र मदिरा आयातमा रोक लगाउने निर्णय गरेको छ । मन्त्रिपरिषद्को आइतबार बसेको बैठकले ५० हजार डलरभन्दा माथिको गाडी आयातमा रोक लगाएको हो । नेपाल सरकारका प्रवक्ता एवं अर्थमन्त्र‍ी, सञ्‍चार तथा सूचना प्रविधि मन्त्र‍ी  डा. युवराज खतिवडाले मन्त्रिपरिषद्को निर्णय सार्वजानिक गर्दै उक्त कुरा बताएका हुन् ।

अब ६० लाखभन्दा महंगा गाडी नेपालमा भित्र्याउन पाइने छैन । सरकारले विलासी बस्तुको आयात रोक्ने नीति यस अघिदेखि नै ल्याएको थियो । साथै मन्त्रिपरिषद्कै बैठकले मदिरा आयातमा पनि रोक लगाइउने निर्णय गरेको छ । मरिच, सुपारी, केराउ, छोकडा आयातमा पनि रोक लगाइएको छ भने अहिले विदेशी मुद्रा आर्जनको प्रमुख स्रोत रहेको पर्यटन क्षेत्रमा समस्यामा परेपछि सरकारले विदेशी मुद्राको सञ्चिति बचाउन यस्तो निर्णय लिएको हो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !