१४ बैशाख २०८१, शुक्रबार

सवारी साधन नवीकरणका लागि यस्तो गर्यो सरकारले निर्णय


यातायात व्यवस्था विभाग

काठमाडौं । नेपाल सरकारले यातायात व्यवस्था कार्यालयमा सवारी साधनको नवीकरण, प्रदूषण नवीकरण, रुट परमिट नवीकरण गर्ने म्याद २०७७ वैशाख मसान्तसम्म कायम गरेको छ । आइतबार बसेको मन्त्रिपरिषदको बैठकले कोरोना भाइरस नियन्त्रणका लागि घोषित लकडाउनको प्रभावका कारण सवारी नवीकरण म्याद थप गर्ने निर्णय गरेको हो ।

आगामी बैशाख मसान्तको समयसम्म कुनै विलम्ब शूल्क जरिवना बुझाउनु नपर्ने व्यवस्था गरिएको नेपाल सरकारका प्रवक्ता एवं अर्थमन्त्र‍ी, सञ्‍चार तथा सूचना प्रविधि मन्त्र‍ी  डा. युवराज खतिवडाले मन्त्रीपरिषद्को निर्णय सार्वजानिक गर्दै उक्त कुरा बताएका हुन् ।

यस्तै संस्था नवीकरण पनि वैशाख मसान्तसम्म गर्न पाउने व्यवस्था गरिएको छ । कम्पनी रजिष्टार कार्यालयमा विवरण बुझाउने अन्तिम वैशाख मसान्तसम्म थप गर्ने निर्णय भएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !