१४ बैशाख २०८१, शुक्रबार

एनआईसी बैंकले पायो आईएसओ प्रमाणपत्र


nic bank

२४ पुस, काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडले पुनः अर्को अन्तरराष्ट्रिय गुणस्तर प्रमाणपत्र आईएसओ ९००१ः२०१५ प्रमाणपत्र पाएको छ । यस्तो अवार्ड युनाइटेड रजिष्टर सिष्टम इूकेएस–यूकेले प्रदान गर्ने गर्दछ ।

पछिल्लो समय बैंकले विभिन्न ग्राहकमुखी योजना, आफ्नो सबल चुस्त व्यवस्थापन, वस्तु तथा सेवाको गुणस्तर, उपभोक्ता सन्तुष्टि, सुशासन साथै प्रणालीगत व्यवस्थापकीय क्षमतामा आधारित सेवा आदिमा राम्रो सुधार गर्दै उत्कृष्ट सेवा दिन सफल भएकाले नै यो अन्तराष्ट्रियस्तरको प्रमाणपत्र पाउन बैंक सफल भएको हो ।

यस बैंक शाखा सञ्जाल, ग्राहक संख्या, वासलातको आकार आदिको हिसाबमा पनि अग्रणी बैंक बन्न सफल भइसकेको छ । हाल यस बैंकले २७० शाखा कार्यालय, २८९ एटीएम काउण्टर, ३७ वटाएक्सटेन्सन काउण्टर एंव २२ वटा शाखारहित बैंकिङ इकाइ मार्फत आफ्ना ग्राहकहरूलाई उच्चस्तरीय एंव आधुनिक बैंकिङ सेवा प्रदान गरिरहेको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !