१४ बैशाख २०८१, शुक्रबार

नेप्सेमा ऐतिहासिक उच्च कारोबार


nepse

काठमाडौ, ३२ जेठ । नेपाल स्टक एक्सचेन्ज -नेप्से) को इतिहासमा पहिलोपटक रु दुई अर्बभन्दा बढी मूल्यको सेयर कारोबार भएको छ ।

नेप्से परिसुचक १६ दसमलव १४ पुगेको छ । नेप्सेमा आज सबैभन्दा बढी रु दुई अर्ब १९ करोड ७८ लाख ५९ हजार ८५७ मूल्यको सेयर कारोबार भएको नेप्सेका महाप्रबन्धक सीताराम थपलियाले जानकारी दिए ।

नेप्से अहिलेको स्वरुपमा विसं २०५० देखि सञ्चालनमा आएको हो । आज १३४ कम्पनीका ३७ लाख ५१ हजार ६३५ कित्ता सेयर किनबेच भएका छन् । यसअघि नेप्सेमा सबैभन्दा बढी रु एक अर्ब ९६ करोड मूल्यको सेयर कारोबार भएको नेप्सेका सहायक प्रवक्ता मुराहरी पराजुलीले बताए ।

बजारमा तरलता बढेको, ब्याजदर घटेको, सस्तो ब्याजदरमा ऋण उपलब्ध हुन थालेको, सुरक्षित लगानीका लागि अर्काे विकल्प नपाएको लगायतका कारण दिनहूँ सेयर कारोबार बढ्दै गएको अर्थविद्को भनाइ छ । सेयर कारोबारमा कमाई हुन थालेको भन्ने मानसिकताले यस क्षेत्रमा नयाा लगानीकर्ता थपिएका छन् ।

पछिल्लो समयमा बीमा क्षेत्रमा सेयरको कारोबार हृवात्तै बढेको सहायक प्रवक्ता पराजुलीले जानकारी दिए । वाणिज्य बैंकले जस्तै बीमा कम्पनीले पनि अधिकृत पूँजी बढाउनुपर्ने कानुनी व्यवस्था छिट्टै आउन सक्ने भन्ने मानसिकताले बीमा कम्पनीको कारोबारमा वृद्धि आएको हो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !