आकर्षक पर्यटकीय गन्तव्य बन्दै हरिहरपुरगढी
सर्लाही, ३० साउन । वाग्मती प्रदेशको पूर्वी पहाडी जिल्ला सिन्धुलीको कर्णाली भनेर चिनिने एक स्थानीय निकाय हो हरिहरपुरगढी गाउँपालिका । सिन्धुली जिल्लाको पश्चिमी क्षेत्रमा अवस्थित साविकका चार वटा गाविस महेन्देझ्याडी, हरिहरपुरगढी, क्यानेश्वर र पीपलमाडी मिलेर हरिहरपुरगढी गाउँपालिका बनेको छ ।