पिसिआर प्रयोगशाला बनाउन समिति
बैतडी, ३१ जेठ । सुदूरपश्चिम प्रदेश सरकारले बैतडीमा कोरोना परीक्षण गर्न पिसीआर प्रयोगशाला स्थापना गर्ने निर्णय गरेको तीन महिना पुग्नै लागेको छ । गत चैत १५ गतेको मन्त्रिपरिषद्को बैठकले धनगढी, बैतडी र डोटीमा प्रयोगशाला स्थापना गर्ने निर्णय गरेको थियो ।