१८ बैशाख २०८१, मंगलबार

२०८० साल चैत ७ गते बुधबार आजको दैनिक राशिफल


राशिफल

२०८० साल चैत ७ गते बुधबार आजको दैनिक राशिफल । वेदाङ्गको रुपमा रहेको ज्योतिषशास्त्रअनुसार जन्म नक्षत्रका आधारमा निर्धारित राशिफलले यहाँहरुको दैनिक कार्यसम्पादनमा मार्गनिर्देशन प्रदान हुने अपेक्षासहित हामीले दैनिक राशिफल प्रस्तुत गरिरहेका छौँ । आशा छ यहाँहरुलाई यस राशिफलले आफ्ना दैनिक योजना तय गर्न केही न केही सहयोग पुग्नेछ । यद्यपि राशिफलमा जे भनिएपनि यहाँहरुको दिन शुभ बितोस् भन्ने कामना गर्दछौं । तपाईको आजको दिन कस्तो रहनेछ ? यस्तो छ आजको दैनिक राशिफल-

सर्वे भवन्तु सुखिन: सर्वे सन्तु निरामया: ।
सर्वे भद्राणि पश्यन्तु मा कश्चिद् दु:ख भाग्भवेत्: ॥
ॐ शान्तिः शान्तिः शान्तिः ॥

मेष

आफन्तजनसँगै वैचारिक मनमुटावको परिस्थिति बन्ने साथै कार्य सम्पादनमा अनेकन विघ्नबाधाको सामना गर्नुपर्ने ।

वृष

आरोग्यतामा वृद्धि आउने साथै मनमा प्रसन्नताको नवीन बहार छाउने ।

मिथुन

मानसिक असन्तोषरुपी अनल ज्वालामा चित्त प्रज्वलित हुने साथै आर्थिक सङ्कटको सामना गर्नुपर्ने ।

कर्कट

सामाजिक मान सम्मानमा वृद्धि आउने साथै पारिवारिक साथ सहयोग अपेक्षाकृत् रुपमा प्राप्त हुने ।

सिंह

स्वजनबाटै प्रतिपक्षी भूमिका खेलिने साथै अनावश्यक ठाउँमा धननाश भएर जाने ।

कन्या

प्रियजन आफन्तसँग रमाइलो भेटघाटमा समय व्यतीत हुने साथै कुनै शुभ समाचार सुन्न पाइने ।

तुला

स्वास्थ्य स्थिति प्रायः अनुकूल नै रहेतापनि सोचेका कार्यलाई साकार रुप दिन कठिनाइ हुने ।

वृश्चिक

आशा गरेको व्यक्ति वा स्थानबाट काम नबन्ने साथै व्यापार व्यवसायमा असन्तुलनता देखापर्ने ।

धनु

अनायासै स्वास्थ्य स्थितिमा नकारात्मक परिवर्तन देखापर्ने साथै वादविवादजन्य विषयमा प्रवेश नगरेकै श्रेयस्कर हुने ।

मकर

मनमा शान्ति तथा मुहारमा कान्ति छाउने साथै थालेका कार्यले सफलताको मार्ग लिने ।

कुम्भ

प्रतिस्पर्धात्मक कार्यक्रममा उत्कृष्टता प्रदर्शन गर्न सफल भइने साथै यत्रतत्र यश कीर्ति फैलने ।

मीन

घरबाहिरको बसाइँ वा यात्राको क्रममा विविध अप्ठ्याराको सामना गर्नुपर्ने साथै मनमा अशान्ति छाउने कुनै समाचार सुन्नुपर्ने ।

शुभ दिन !

फोनबाटै ज्योतिषीय परामर्शका लागि
ज्यो. सूर्य पौडेल
मोबाइल : 9847654412 / 9806140816
imo/Viber/WhatsApp : 9806140816

धन्यवाद !


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !