१४ बैशाख २०८१, शुक्रबार

आज २०७७ साल असार २ गते मंगलवारको राशिफल


ज्योतिषशास्त्र

आज २०७७ साल असार २ गते मंगलवारको राशिफल । ज्योतिषशास्त्र वेदको आँखाको रूपमा रहेको कुरा सर्वविदितै छ । ज्योतिषशास्त्रमा जन्म समय अनुसार फलादेश हुन्छ । सोही अनुसार उनीहरुको दैनिकी कस्तो रहन्छ ? भन्ने विषयमा भविष्यवाणी गरिन्छ । तपाईको आजको दिन कस्तो रहनेछ ? यस्तो छ आजको राशिफल-

मेष

मनमा हर्ष, उमङ्ग र उत्साह रहला । बन्धु-बान्धवबाट सहयोग मिल्नेछ । राजनैतिक कार्यमा सफलता मिल्नेछ । शुभ समाचार सुन्न पाइएला ।

बृष

अनावश्यक ठाउँमा धन खर्च होला । यात्रामा मालसामान हराउन सक्छ । कार्य सम्पादनमा समस्या आउला । साँझमा पैसा खर्च हुने योग छ ।

मिथुन

लामो समयदेखि रोकिएका अधुरा कार्यहरू पुरा हुनेछन् । मनमा शान्ति र अनुहारमा कान्ति छाउनेछ । पारिवारिक सहयोग मिल्नेछ ।

कर्कट

आज वाक्चतुर्याईँले सङ्कल्प सिद्घ हुनेछ । आर्थिक क्षेत्र विस्तारै सुधार उन्मुख हुनेछ । दिनको उत्तरार्ध बढी सुखद् रहनेछ ।

सिंह

आज लामो समयदेखि रोकिएका अधुरा कामहररू पुरा हुनेछन् । सांगीतिक क्षेत्रमा रुची बढ्नेछ । सामाजिक कार्यमा मन जानेछ ।

कन्या

महत्त्वपूर्ण कार्यमा व्यवधान आइपर्ला । मनमा हर्ष, उमङ्ग र उत्साह छाउनेछ । नजिकका व्यक्तिबाट धोका पाईन सक्नेछ, सचेत रहनुहोला ।

तुला

धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन् । विशिष्ट व्यक्तिको सहयोग मिल्ला । विद्या र बुद्धिको विकास हुनेछ । दाम्पत्य जीवन सुखमय हुनेछ ।

बृश्चिक

नयाँ व्यक्ति संग भेटघाट हुनेछ । विपरित वर्गबाट विशेष सहयोग मिल्नेछ ।साहित्यिक क्षेत्रमा रुची बढ्नेछ । बहुमुल्य वस्तु हात पर्ने सक्छ ।

धनु

सांस्कृतिक क्षेत्रमा रुची बढ्नेछ । कार्य सम्पादनमा सहजता मिल्नेछ । व्यापार व्यवसायमा सफलता मिल्नेछ । वैदेशिक कार्य अघि बढ्नेछ ।

मकर

प्रेमीको सहयोग प्राप्त हुनेछ । चिन्ता छाडेर चिन्तन गर्ने समयछ । कला, साहित्य तथा संगीतमा रुचि बढ्नेछ । शैक्षिक क्षेत्रमा रुची बढ्नेछ ।

कुम्भ

आज छोटो यात्राको योग छ । आदर्श ब्यक्तित्व सँगको सहकार्यले नयाँ अनुभव मिल्नेछ । राज्यबाट मान सम्मान पाइनेछ ।

मीन

आज रोकिए काम दोहोर्याएर गर्दा फाइदा हुन सक्नेछ । घर पारीवर र साथीको सल्लाहमा गरिएको कार्यबाट अधिक सफलता मिल्नेछ । (ज्यो. प. नारायणप्रसाद दुलाल)


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !