१९ बैशाख २०८१, बुधबार

शनिबार यी कामहरु गर्नुहोस्, शनिदेव हुन्छन प्रसन्न


शनिबार

शनिबार यी कामहरु गर्नुहोस् शनिदेव हुन्छन प्रसन्न ! शनिदेवद्वारा नै हाम्रो सांसारिक जीवनको कार्यक्षेत्र वा कर्मजीवन सञ्चालित भएको मानिन्छ । कुण्डलीको दशमभावलाई कर्म, पिता र राज्यपक्षको प्रतीक मानिन्छ । त्यस्तै कुण्डलीकै एकादशभावलाई आय र राज्यसुखको भाव मानिन्छ । त्यसैले कर्म, सत्ता र आयको प्रतिनिधि ग्रह भएका कारणले जन्मकुण्डलीमा शनिको स्थान महत्त्वपूर्ण छ ।

शनिदेवलाई न्यायको देवता मानिन्छ अर्थात् राम्रो काम गर्नेलाई राम्रो र नराम्रो काम गर्नेका लागि नराम्रो फल दिने देवता । शनिवारको दिनलाई भगवान शनिको दिन मानिन्छ । यदि कुनै व्यक्तिको कुण्डलीमा शनिदोष छ भने त्यस्ता व्यक्तिले शनिवारको दिन भोजन गर्दा सावधानी अपनाउनुपर्ने हुन्छ ।

शनि भगवान सूर्यको पुत्र हुन् र उनको आमाको छाया छ । यमराज उनका भाइ हुन र यमुना उनकी बहिनी हुन् । मानव जीवनमा शनिको दोष निवारणका लागि हनुमान चालिसा जपेर बस्नुस् श्रीवृद्धि हुनेछ । ज्योतिषशास्त्र अनुसार शनिदेवलाई खुशी पारेर तपाईले आफ्नो जीवनमा नयाँ उर्जा ल्याउन सक्नुहुन्छ । ज्योतिषशास्त्र अनुसार शनिबार यी कामहरु गर्नुहोस् शनिदेव प्रसन्न हुन्छन ।

१. कसैलाई पनि शनिदेवको दृष्टि नपरोस् भन्ने उद्धेश्यले शनिबारका दिन शनिदेवको पूजा गरिन्छ ।

२. शनिबार व्रतालुहरूले कालो वस्त्र लगाउनु अनिवार्य हुन्छ भने रात्री भोजनमा नुन नमिसाई खानुपर्ने हुन्छ ।

३. शनि देवलाई एक महत्त्वपूर्ण देवता भनिएको छ किनभने शनि देवले हाम्रो कार्यहरूमा फल प्रदान गर्दछ ।

४. शान्त रहन हरेक शनिबार तेल दान गर्नुपर्छ ।

५. हरेक शनिबार शनिको साथ पिपलको पनि विशेष पूजा गर्नुपर्छ । पिपल र खुर्सानीमा पानी हाल्दा फल पक्कै मिल्नेछ ।

६. शनिबार कालो तिल दान गर्नुहोस् । छालाका जुत्ता र चप्पल पनि दान गर्दा शुभ मानिन्छ।

७. हरेक हप्तामा शमीको रूखलाई पनि पूजा गर्नुहोस्। तथा शनिबार हनुमानको सामुन्ने सर्सुको तेल को दीप जलाएर हनुमान चालीसाको पाठ गर्नुपर्दछ ।

यो पनि पढ्नुहोस् 

शनिवार यी कामहरु गर्दा जीवनमा हुन्छ अशुभ ? जानी राखौ

यी हुन् शनिदेवका ९ वाहन : के हुँदा जीवनमा के पर्छ प्रभाव

आज शनिबार, शनिदेवलाई खुशी बनाउन यसो गर्नुहोस्


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !