१४ बैशाख २०८१, शुक्रबार

आज शनिबार, शनिदेवलाई खुशी बनाउन यसो गर्नुहोस्


शनिबार

आज शनिबार, शनिदेवलाई खुशी बनाउन यसो गर्नुहोस् ! ज्योतिषशास्त्र भनेको सौर्यमण्डलमा रहेका ताराहरू र ग्रहहरूको आपसी सम्बन्धबाट प्राप्त हुने किरण अथवा तरंगलाई सुक्ष्म गणितीय सूत्रबाट अध्ययन गरेर त्यसको यस पृथ्वीमा विद्यमान जड र चेतनमाथि पर्ने प्रभावको अध्ययन र विश्लेषण गर्ने अद्वितीय विज्ञान हो। शास्त्रमा भनिए अनुसार शनिदेव मानिसको काम र प्राप्तीसँग सम्बन्धित छन्। शनिदेवलाई खुशी बनाउन सकियो भने मान्छेले आटेको काम सफल हुने र बाधा अवरोध पनि नआउने मान्यता रहेको छ ।शनिदेवलाई खुशी बनाउन यसो गर्नुहोस् ।

१. शनिबारको दिन शनिदेवलाई अति नै प्यारो दिन पनि भएकोले हरेक मान्छेले शनिबार बिहानै उठेर शनिदेवको पूजा आराधना गर्ने गर्छन् ।

२. शनिवारको सूर्योदयभन्दा पहिला र सूर्यास्तभन्दा पछि शनिको पूजाअर्चना गरेमा विशेष लाभ पाइनेछ।

३. कालो वा निलो आसनमा बसेर तिलको तेलले बत्ती बाल्नुपर्छ।

४. पश्चिम दिशामा प्राणायाम गर्नुपर्छ।

५. लगातार ७ पटक शनिस्तोत्रको पाठ गर्ने र यस्तो बिहान र साँझ लगातार २७ दिन गर्नुपर्छ।

६. आफ्नो समस्या सामाधानका लागि शनिदेवसँग प्रार्थना गर्नुपर्छ।

७. शनिदेवको पूजा सधैं सफा कपडा लगाई चोखो भएर मात्र गर्नुपर्छ ।

यो पनि पढ्नुहोस् 

शनिबार जन्मेका मानिसको भविष्य र आचरण


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !