७ बैशाख २०८१, शुक्रबार

यी हुन् शनिदेवका ९ वाहन : के हुँदा जीवनमा के पर्छ प्रभाव


Saturday

शनिदेवद्वारा नै हाम्रो सांसारिक जीवनको कार्यक्षेत्र वा कर्मजीवन सञ्चालित भएको मानिन्छ । कुण्डलीको दशमभावलाई कर्म, पिता र राज्यपक्षको प्रतीक मानिन्छ । त्यस्तै कुण्डलीकै एकादशभावलाई आय र राज्यसुखको भाव मानिन्छ । त्यसैले कर्म, सत्ता र आयको प्रतिनिधि ग्रह भएका कारणले जन्मकुण्डलीमा शनिको स्थान महत्त्वपूर्ण छ ।

शनिदेवलाई न्यायको देवता मानिन्छ अथवा राम्रो काम गर्नेलाई राम्रो र नराम्रो काम गर्नेका लागि नराम्रो फल दिने देवता हुन् । धेरै मानिसले शनिदेवदेवलाई कठोर मान्छन किनकी शनिदेवको डरले धनवान व्यक्ति पनि दरिद्र बन्छ । तर यो सही होइन, वास्तबमा शनिदेवदेव न्यायको देवता हुन् र उनको न्याय निष्पक्ष हुन्छ। निष्पक्ष न्यायमा सजाय पनि मिल्छ।

१. हाँस

शनिदेवको वाहन हाँसलाई शुभ मानिन्छ। आफ्नो बुद्धि र मेहनतले भाग्यको पुरा सहयोग लिन सकिन्छ । यस अवधिमा आर्थिक अवस्थमा सुधार देख्न सकिन्छ। हाँसलाई शनिदेवको वाहनमध्ये सबैभन्दा राम्रो मानिन्छ ।

२. मयुर

शनिदेवको वाहन मयुर भयो भने शुभ संकेत मिल्छ । यो समयमा आफ्नो मेहनतको साथमा भाग्यको पनि साथ मिल्छ । यो समयमा समझदारीले काम गर्नाले ठूलो समस्याबाट पनि पार हुन सकिन्छ ।

३. स्याल

यदि शनिदेवको वाहन स्याल भयो भने शुभ संकेत मिल्दैन । यो समयमा अशुभ समाचार धेरै सुन्नुपर्ने सम्भावना बढ्छ । यस्तो स्थितिमा हिम्मतले काम लिनुपर्छ ।

४. भैंसी

यदि शनिदेवदेवको वाहन भैंसी भयो भने मिश्रित फल प्राप्त हुन्छ । यो स्थितिमा समझदारी र होशियारी पुर्बक काम गर्नु राम्रो हुन्छ । यदि सावधानीले काम गरेन भने नराम्रो संकेत देखा पर्छन।

५. काग

शनिदेवको वाहन काग भयो भने त्यो समयमा असामंजस्यमा वृद्धि हुन्छ । परिवार र अफिसमा कुनै मामलालाई लिएर असामंजस्य वा संघर्षको स्थिति आयो भने त्यसबाट बच्नुपर्छ । यो समयमा शान्ति, संयम र समस्या समाधान गर्न बातचीत गर्ने प्रयास गर्नुपर्छ ।

६. हात्ती

शनिदेवको वाहन हात्ती भयो भने यसलाई अशुभ मानिन्छ । यसले मान्छेको आशा विपरित फल दिन्छ । यो स्थितिमा साहस र हिम्मत काम लिनुपर्छ।

७. सिंह

शनिदेवको सवारी सिंह भयो भने शुभ फल मिल्छ । यो समयमा बुद्धिमानीपूर्वक र चतुराईले काम लिनु पर्छ यसले शत्रु पक्षलाई पराजित गर्न मद्दत गर्छ ।

८. घोडा

यदि शनिदेवदेवको वाहन घोडा भयो भने शुभ फल मिल्छ । यो समयमा समझदारीले काम लिनुभयो भने शत्रुसँग सजिलै बिजयी प्राप्त हुन्छ । घोडालाई शक्तिको प्रतिक मानिन्छ । त्यसैले मानिस यो समयमा जोश र जाँगरले भरिएको हुन्छ ।

९. गधा

शनिदेवदेवको वाहन गधा हुन्छ भने यसलाई अशुभ मानिन्छ । शुभ फल प्राप्तमा कमि आउछ । यो स्थितिमा काममा सफलता प्राप्त गर्नको लागि धेरै संघर्ष गर्नुपर्छ ।

यो पनि पढ्नुहोस् 

आज शनिबार, शनिदेवलाई खुशी बनाउन यसो गर्नुहोस्


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !