१४ बैशाख २०८१, शुक्रबार

यस्तो छ मंगलवार व्रतविधि


Tuesday

यस्तो छ मंगलवार व्रतविधि ! हिन्दुधर्ममा हप्ताको हरेक वार व्रत बस्ने गरिन्छ । मंगलवार व्रतविधिको वारेमा जानकारी तल प्रस्तुत गरिएको छ । सबै किसिमका सुख प्राप्त गर्न, रक्तविकार शमन गर्न, शत्रुदमनका निम्ति, स्वास्थ्य रक्षार्थ तथा पुत्र प्राप्तिका लागि मंगलवारको व्रत एकदमै उत्तम मानिन्छ ।

यो व्रत शुक्ल पक्षको पहिलो मंगलवारबाट सुरु गर्नुपर्दछ । यो व्रत कमसेकम २१ वटा मंगलवारसम्म लिने प्रचलन छ। सकिन्छ भने जीवनभरी नै लिए अझ राम्रो मानिन्छ। यस व्रतमा गहुँ र सख्खरको भोजन गर्नुपर्ने हुन्छ, रातो कपडा लगाउनु पर्दछ । एक छाक अलिनो भोजन गर्नु पर्दछ । यस व्रतबाट मंगल ग्रहको अनिष्ट फल पनि शान्त हुन पुग्छ ।

बिहान उठेर स्नान गरी शुद्ध भएपछि रातो कपडा धारण गरी ‘ॐ भौमाय नमः’ ५ माला जप गर्नुपर्दछ । गणेश भगवानको आराधना गर्नुपर्दछ । पूजा गर्दा रातो फूल, फल, तामा, नरिवल आदि दान गर्नु पर्दछ । ब्राह्मणलाई यथाशक्य तामा, मुसुरोको दाल आदि दान गर्नुपर्दछ वा आफूभन्दा कान्छो भाइलाई खुशी पार्ने वस्तु प्रदान गर्नुपर्दछ।

यो पनि पढ्नुहोस्

यस्तो छ आइतवार व्रतविधि


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !