पृष्ठभूमि : जर्मनी मध्य युरोपमा अवस्थित देश हो । १६ प्रान्तीय राज्यहरू रहेको जर्मनी लोकतान्त्रिक संसदीय संघीय गणतन्त्रात्मक मुलुक हो । यस राज्यको लामो इतिहास छ । सन् १८७०-७१ को फ्रान्सको पर्सियन युद्धबाट जर्मनी एकिकृत राज्यमा रूपान्तरित भएको थियो । प्रथम विश्वयुद्धको अन्त्यतिर नोभेम्बर, १९१८ को जर्मन क्रान्तिले सम्राट विलहेल्म द्वितीयलाई सत्ताच्यूत गर्यो । यही जर्मन क्रान्तिको परिणाम स्वरूप जर्मनीमा राजतन्त्रको अन्त्य भयो । ‘जर्मन क्रान्ति’ ले जर्मनीलाई गणतन्त्रतात्मक राज्यको रूपमा स्थापित गर्यो ।
प्रथम विश्वयुद्धको अन्त्यतिर नोभेम्बर, १९१८ को जर्मन क्रान्तिले सम्राट विलहेल्म द्वितीयलाई सत्ताच्यूत गर्यो । यही जर्मन क्रान्तिको परिणाम स्वरूप जर्मनीमा राजतन्त्रको अन्त्य भयो । ‘जर्मन क्रान्ति’ ले जर्मनीलाई गणतन्त्रतात्मक राज्यको रूपमा स्थापित गर्यो ।
संविधान निर्माण प्रक्रिया
प्रथम विश्वयुद्धको समाप्तिपछि लोकतान्त्रिक संविधानको निर्माण गर्न १९ जनवरी, १९१९ मा आमनिर्वाचन गरी राष्ट्रियसभाको गठन गरियो । यस सभामा ४६६ जना सदस्यहरू निर्वाचित भए । हुगो प्रेस जो कानुनविद् र राजनीतिज्ञ पनि थिए उनलाई संविधानको मस्यौदा गर्न जिम्मा दिइयो । उनलाई ‘विमर संविधान’को पिता पनि भनिन्छ । जर्मनीको विमर शहरमा संविधान तर्जुमा गर्न जनवरी, १९१९ मा राष्ट्रियसभाको बैठक बस्यो । हुगो प्रेसले संविधानको मस्यौदा गरी राष्ट्रियसभामा प्रस्तुत गरे । अन्तमा बहुमतबाट राष्ट्रिसभाले पारित गरेपछि गणतन्त्रका पहिलो राष्ट्रपति फ्रेडरिच एवर्टले हस्ताक्षर गरेपछि ११ अगष्ट, १९१९ देखि ‘जर्मनीको विमर संविधान’ लागु भयो । १८० धारा रहेको ‘वमनर संविधान’ ले राज्यक्तिको ढाँचालाई स्वीकार गर्यो । त्यस्तै गरी यस संविधानले समानुपातिक निर्वाचन प्रणालीलाई आत्मसात गर्यो ।
बहुमतबाट राष्ट्रिसभाले पारित गरेपछि गणतन्त्रका पहिलो राष्ट्रपति फ्रेडरिच एवर्टले हस्ताक्षर गरेपछि ११ अगष्ट, १९१९ देखि ‘जर्मनीको विमर संविधान’ लागु भयो ।
प्रथम विश्वयुद्धले पुर्याएको तहसनहसको कारण जर्मनीले नराम्रोसँग आर्थिक मन्दीको सामना गर्नुपर्यो, परिणामत आन्तरिक अशान्तिका कारण जर्मनीमा राजनीतिक अस्थिरता भइ नै रह्यो । जनवरी २९, १९३३ मा राष्ट्रपति हिण्डेनवर्गले एडल्फ हिटलरलाई जर्मनीको चान्सलरमा नियुक्ति गरे । २७ फेब्रेअरी १९३३ मा संसद रिक्सट्याग) भवनमा आगलागी भयो । यो आगलागीको घटनापछि हिटलरले संकटकालीन घोषणा लागू गरे । यही संकटकालनि अवस्था लागू भएको स्थितिमा हिटलरको परामर्शमा राष्ट्रपतिद्वारा विमर संविधानले प्रदान गरेका आधारभूत हक अधिकारहरू निलम्बित गरियो । मार्च १९३३ मा संसद्ले विशेष कानुन जारी गरी चान्सलरलाई पूर्ण विधायिकी अधिकार प्रदान गर्यो । यसपछि जर्मनीमा शक्ति केन्द्रिकृत अधिनायक राज्य व्यवस्था स्थापना भयो । त्यसपछि ‘विमन संविधान’ निस्प्रभावी र निष्कृय बनाइयो ।
जनवरी २९, १९३३ मा राष्ट्रपति हिण्डेनवर्गले एडल्फ हिटलरलाई जर्मनीको चान्सलरमा नियुक्ति गरे । हिटलरको ‘विशाल जर्मनी’ बनाउने महत्वकांक्षाले सन् १९३९ पछि जर्मनी विश्वयुद्धमा होमियो । दोस्रो विश्वयुद्धमा जर्मनीले नराम्रो हार खानुपर्यो । हिटलरको नाजी शासनमा १ करोड १० लाखभन्दा बढी मानिसले ज्यान गुमाउनु पर्यो ।
एकल पार्टी राज्य व्यवस्था कायम भई कानुनी शासन र लोकतान्त्रिक पद्धतिको अन्त्य भयो । हिटलरको ‘विशाल जर्मनी’ बनाउने महत्वकांक्षाले सन् १९३९ पछि जर्मनी विश्वयुद्धमा होमियो । दोस्रो विश्वयुद्धमा जर्मनीले नराम्रो हार खानुपर्यो । हिटलरको नाजी शासनमा १ करोड १० लाखभन्दा बढी मानिसले ज्यान गुमाउनु पर्यो । युद्धको पराजयले एकाएक आफन्त र नजिकका सहयोगीहरू पनि उनलाई छोड्दै गए । एकातर्फ युद्धको पीडा अर्को तर्फ उनका हितैषी इटालीका तानाशाह मुसोलिनीको मृत्युको खबर सुनेर उदास भएका हिटलरले २९ अप्रिल १९४५ मा इभा ब्राउनसँग विवाह गरी भोलिपल्टै दुबैले आत्महत्या गर्न पुगे । यसरी ‘विमर संविधान’ लाई सन् १९३३ मा निस्तेज बनाई निरंकुश राज्य व्यवस्था चलाएका एडोल्फ हिटलरको शासन दोस्रो विश्वयुद्ध सँगसँगै अन्त्य भयो र उनको पनि इहलोक समाप्त भयो ।
एकातर्फ युद्धको पीडा अर्कोतर्फ उनका हितैषी इटालीका तानाशाह मुसोलिनीको मृत्युको खबर सुनेर उदास भएका हिटलरले २९ अप्रिल १९४५ मा इभा ब्राउनसँग विवाह गरी भोलिपल्टै दुबैले आत्महत्या गर्न पुगे ।
जर्मनीमा हिटलरको पतन र दोस्रो विश्वयुद्धको परिणाम स्वरूप लोकतान्त्रिक राज्य व्यवस्थाको सञ्चालनका निमित्त संविधानसभाले संविधान बनाई जनमत सङ्ग्रहबाट अनुमोदन गराई लागू गर्ने भन्ने विषयहरूमा छलफल भयो । जनअनुरूप सन् १९४८ मा राज्य विधायिकाको निर्वाचन भई राज्य विधायिकाहरूबाट संविधान निर्माणका निम्ति ६५ जनाको प्रतिनिधित्व भएको ‘संसदीय परिषद्’ गठन गरियो । संविधानसम्बन्धी अध्ययन गर्न विशेषज्ञहरूको समिति पनि गठन गरियो । संसदीय परिषद्को पहिलो बैठक १ सेप्टेम्बर, १९४८ मा बस्यो । विशेषज्ञ समितिले तयार गरेको प्रतिवेदन ‘संसदीय परिषद्’मा पेश भई मे ८, १९४९ मा सो परिषद्ले संविधानको मस्यौदा पारित गर्यो ।
संसदीय परिषद्को पहिलो बैठक १ सेप्टेम्बर, १९४८ मा बस्यो । विशेषज्ञ समितिले तयार गरेको प्रतिवेदन ‘संसदीय परिषद्’मा पेश भई मे ८, १९४९ मा सो परिषद्ले संविधानको मस्यौदा पारित गर्यो ।
संसदीय परिषद्ले पारित गरेको मस्यौदालाई सरकारले १२ मे, १९४९ मा स्वीकृति दिएपछि अनेमोदनको निम्ति राज्य सरकार समक्ष पठाइया्े । दुई तिहाई राज्यहरूको सरकारबाट अनेमोदन भएपछि लागु हुने निर्धारित व्यवस्था अनुरूप राज्य सरकारबाट अनुमोदन भएपछि २३ मे, १९४९ देखि पश्चिमी जर्मनीको संविधान लागू भयो । सन् १९९० मा जर्मनीको एकीकरण भएपछि नयाँ संविधान बनाई जनमत सङ्ग्रहबाट अनेमोदन गराई लागू गर्ने भन्ने कुरा भएपनि अन्ततः सन् १९४९ मा संसदीय ‘परिषद्’ को प्रक्रियाबाट निर्माण भई जारी भएको जर्मनीको ‘आधारभूत कानुन संविधान’ मा नै सामान्य संशोधन गरी दुबै राज्यले यही संविधानलाई स्वीकार गरी अघि बढ्ने सहमती भए अनुरूप संविधानमा केही संशोधन गरी आजसमम त्यही संविधान क्रियाशील छ ।
दुई तिहाई राज्यहरूको सरकारबाट अनेमोदन भएपछि लागु हुने निर्धारित व्यवस्था अनुरूप राज्य सरकारबाट अनुमोदन भएपछि २३ मे, १९४९ देखि पश्चिमी जर्मनीको संविधान लागू भयो ।
सन्दर्भ सामाग्रीहरू
१. नेपालको दोस्रो संविधानसभा तथा ब्यबस्थापिका संसदका सदस्यहरू, गोपाल भण्डारी, माउन्ट एभरेष्ट हिमालय पब्लिकेशन, २०७२, मंसीर, काठमाडौं, नेपाल ।
२. संविधानसभा र संवैधानिक विकास : विश्वको तुलनात्मक अध्ययन, काशीराज दाहाल, निरन्तर प्रकाशन, २०६३, काठमाडौं ।
३. संविधानसभा प्रकिया र अनुभवहरु, भिमार्जुन आचार्य, राष्ट्रिय शान्ति अभियान, २०६३ माघ, काठमाडौं, नेपाल ।
४. संविधान, संविधानबाद, संविधानसभा र राज्यको पुर्नसंरचना, चन्द्रकान्त ज्ञवाली, २०६३, जेठ, काठमाडौं, नेपाल ।
यो पनि पढ्नुहोस्
बिश्वमा भएका संविधान सभाका दृष्टान्तहरु
नर्वेको संविधानसभा र संविधान निर्माण प्रक्रिया
फ्रान्सको संविधानसभा र संविधान निर्माण प्रक्रिया
क्यानडाको संविधानसभा र संविधान निर्माण प्रक्रिया