३० कार्तिक २०८१, शुक्रबार

फ्रान्सको संविधानसभा र संविधान निर्माण प्रक्रिया


फ्रान्सको संविधानसभा

पृष्ठभूमि : सबैभन्दा पहिलो पटक फ्रान्स सन् १७८९ मा संविधानभाको अभ्यास गरेको थियो । फ्रान्स युरोपियन संगठनको सबैभन्दा ठूलो राष्ट्र हो। विश्व इतिहासमा सन् १७८९ मा फ्रान्समा पहिलो पटक संविधानसभा मार्फत नयाँ संविधान बनेको थियो । फ्रान्सलाई संविधानको प्रयोगशालाको मुलुक पनि भनिन्छ । फ्रान्समा राजतन्त्रतात्मक, गणतन्त्रात्मक, डाइरेक्टरी, कन्सुलेट, इम्पायर जस्ता विभिन्न प्रकृति र स्वरूपका संविधानहरू प्रयोगमा ल्याइएका थिए ।

विश्व इतिहासमा सन् १७८९ मा फ्रान्समा पहिलो पटक संविधानसभा मार्फत नयाँ संविधान बनेको थियो । फ्रान्समा राजतन्त्रतात्मक, गणतन्त्रात्मक, डाइरेक्टरी, कन्सुलेट, इम्पायर जस्ता विभिन्न प्रकृति र स्वरूपका संविधानहरू प्रयोगमा ल्याइएका थिए ।

कुनै संविधान राजाबाट, कुनै संसदबाट, कुनै संविधानसभाबाट त कुनै जनमत सङ्ग्रहबाट बनाइए । यतिमात्र होइन कुनै संविधानको नामबाट, कुनै चार्टरको नामबाट त कुनै पृथक पृथक संवैधानिक कानूनका रूपमा समेत संविधान जारी गरिए । फ्रान्सको संवैधानिक इतिहासमा अनेकौं निरंकुश शासकहरू समेत जन्मिए । शासकको इच्छा अनुरूप संविधान बदलिए । फ्रान्समा संविधानसभाको गठन प्रत्यक्ष निर्वाचन प्रणालीबाट नभई राष्ट्रिय सभामार्फत् भएको थियो ।

फ्रान्सको संवैधानिक इतिहासमा अनेकौं निरंकुश शासकहरू समेत जन्मिए । शासकको इच्छा अनुरूप संविधान बदलिए । फ्रान्समा संविधानसभाको गठन प्रत्यक्ष निर्वाचन प्रणालीबाट नभई राष्ट्रिय सभामार्फत् भएको थियो ।

संविधान निर्माण प्रक्रिया

फ्रान्सेली राज्य क्रान्तिको समयमा फ्रान्समा संविधान निर्माणको प्रक्रिया शुरु भयो । सन् १७७४ मा फ्रान्समा राजा भएका लुइस सोह्रौंको कार्यकालमा निरंकुशताको पराकाष्ठाले देशको अर्थतन्त्र धाराशयी भएको, राज्यको ढुकुटी अनावश्यक रूपमा वाह्य युद्धमा खर्च गरेको, राजपरिवारको बढ्दो विलाशितापूर्ण खर्च, फ्रान्सका आमजनता माथिको सामन्तवादको शोषण, अखाद्यान्न संकट, महँगी र बढ्दो वेरोजगारी जस्ता कारण समाजमा आएको वौद्धिक चेतना र जागरणले निरंकुश राजतन्त्रको अन्त्य र गणतन्त्र स्थापनको मार्ग सहित फ्रान्समा सन् १७८९ मा राज्य क्रान्ति प्रारम्भ भयो ।

यस क्रान्तिको उर्लदों बेगलाई निस्तेज बनाउने राजाको चालअनुरूप संविधानको निर्माणद्वारा जनताको हक–अधिकार संरक्षण गर्ने भन्ने जस्ता उद्देश्य राखी संविधान निर्माणको प्रक्रिया प्रारम्भ गरियो । जसअनुरूप संविधान निर्माणका निमित्त जुलाई ९, १७८९ मा सर्वसाधारण जनता, सेना, व्यापारी, कानूनविद् समतेको प्रतिनिधित्व रहेको १३१५ जनाको ‘राष्ट्रिय संविधानसभाको गठन गरियो । यस संविधान निर्माण गर्न बसेका राष्ट्रिय संविधानसभाले अगष्ट ४, १७८९ मा फ्रान्समा सामन्तवादको उन्मुलनको घोषणा गर्यो । यसैगरी अगष्ट २६, १७८९ मा ‘नागरिक र व्यक्तिको अधिकार सम्बन्धी घोषणापत्र’ जारी गरी मुलुकको सार्वभौमसत्ता कुनै निकाय वा व्यक्तिमा नरही राष्ट्रमा निहित रहने सिद्धान्तलाई स्वीकार गरियो ।

सन् १७८९ को राष्ट्रिय संविधानसभामा संवैधानिक राजतन्त्रको स्थापना, राजाको भूमिका राज्य संचालनमा निर्णायक नहुने, राजाले संसद समक्ष शपथ लिनुपर्ने जस्ता प्रस्तावहरू छलफलमा आएको भए पनि राजाको प्रभाव र सेनाको धम्कीले त्यस्ता व्यवस्थाहरू संविधानमा राख्न सकिएन । उल्टै संविधानसभाले राजा लुइस १६ औँ लाई ‘फ्रेन्च स्वतन्त्रताको पुनस्र्थापक’ भन्न पनि पछि परेन । राष्ट्रिय संविधानसभाले सेप्टेम्बर, १७९१ मा फ्रान्सको संविधान जारी गरी सो संविधानले राजतन्त्रात्मक प्रणालीलाई बलियो बनाउने व्यवस्था अनुरूप राजालाई कानुन बनाउने विशेषाधिकार र युद्धको घोषणा गर्ने जस्ता विभिन्न अधिकारहरूको व्यवस्था गर्यो । यसैगरी यस संविधानले एक सदनात्मक व्यवस्थापिकाको स्वरूपलाई स्वीकार गर्यो ।

संविधान बनाउने सम्मको कार्यनिर्देश तोकी गठन भएको राष्ट्रिय संविधानसभा सन् १७९१ मा विधायिकी सभाको निर्वाचन भएपछि सेप्टेम्बर ३०, १७९१ मा विघटन भयो । १ अक्टोवर १७९१ मा ७४५ सदस्य संख्या भएको विधायिकी सभाको पहिलो बैठक बस्यो । राजा र विधायिकी सभा बीच सम्बन्ध सुमधुर हुन नसकेको कारण एक किसिमको संघर्षको अवस्था रह्यो । १० अगष्ट, १७९२ को विद्रोहको परिणाम विधायिकी सभाले राजालाई आफ्नो पदबाट निलम्बन गर्ने र नयाँ संविधान बनाउन राष्ट्रिय सम्मेलनको निर्वाचन गर्ने निर्णय गर्यो । यसै अनुरूप राजालाई नजरबन्दमा राखियो र अगष्ट १३, १७९२ मा औपचारिक रूपमा गिरफ्तार गरियो ।

सन् १७९२ मा निर्वाचनबाट गठित राष्ट्रिय सम्मेलनलाई ‘क्रान्तिकारी सरकार’ र ‘राष्ट्रिय सभा’ पनि भनिन्छ । यसको पहिलो बैठक २० सेप्टेम्बर, १७९२ मा बस्यो । यो राष्ट्रिय सम्मेलन २६ अक्टोवर १७९५ सम्म रह्यो । राष्ट्रिय सम्मेलनमा ७४९ सदस्यहरू रहेका थिए । जसमा पूर्ववर्ती राष्ट्रिय संविधानसभाका सदस्यहरूबाट ७५ जना र विधायिकी सभाका सदस्यमध्ये १८३ जना पनि निर्वाचित भएका थिए । यस राष्ट्रिय सम्मेलनले २१ सेप्टेम्बर, १७९२ मा फ्रान्समा राजतन्त्रको अन्त्य र गणतन्त्रको स्थापनाको घोषणा गर्यो ।

११ डिसेम्बर, १७९२ देखि राष्ट्रिय सम्मेलनले राजा लुइस १६ औँले निरङ्कुश व्यवस्था बचाई राख्न विभिन्न मानवता विरोधी अपराध गरेको, जनताको सम्प्रभुसत्ताको अनादर गरेको भन्ने जस्ता राजद्रोहको अभियोमगा मुद्दको सुनुवाई गरी मृत्युदण्ड सुनाउँदा ७४९ सदस्य रहेको यस सम्मेलनमा २८८ को विरूद्ध ३६१ ले टाउको काटी मृत्युदण्ड दिने निर्णय सुनायो जसमा ७२ जनाले मतदानमा भाग लिएनन् र केही बैठकमै अनुपस्थिति रहे । २१ जनवरी १७९३ मा राजा लुइस १६ औँलाई बग्गीमा सार्वजनिक स्थानमा ल्याई निजको टाउको काटी मृत्युदण्ड कार्यान्वयन गरियो र राजाको काटेको टाउको जनताको भीडमा घुमाई यो मुलुकको राजद्रोहीको टाउको हो भनी चारैतर्फ प्रदर्शन गरियो ।

२१ जनवरी १७९३ मा राजा लुइस १६ औँलाई बग्गीमा सार्वजनिक स्थानमा ल्याई निजको टाउको काटी मृत्युदण्ड कार्यान्वयन गरियो र राजाको काटेको टाउको जनताको भीडमा घुमाई यो मुलुकको राजद्रोहीको टाउको हो भनी चारैतर्फ प्रदर्शन गरियो ।

राजा लुइस १६ औं को मृत्युदण्डको कार्यान्वयन पछि उनकी रानी मारिया अन्टोइनेट र ८ वर्षीय छोरा लुई १७ औंलाई सँगै बस्न नदिई थुनामा राखियो । नाबालाक छोरालाई आफूबाट अन्यत्र लान नदिने जिद्दी गर्दा पनि मारियाको केही लागेन । रानी मारियालाई फ्रान्सको गृहयुद्धमा षड्यन्त्र योजना बनाउने र व्यापक आर्थिक हिनामिना गरेको भनी राजद्रोहको आरोपमा ‘जुरी’ले १५ अक्टुवर १७९३ मा मृत्युदण्डको निर्णय सुनायो । फलस्वरूप १६ अक्टुवरमा उनको कपाल काटी, कपालले पछाडि हात बाँधि, बग्गीमा हाली राजा लुइस १६ औंको जस्तै सार्वजनिक ठाउँमा टाउको काटी उनको टाउको हर्षित भीड अगाडि रगत चुहिँदै गरेको अवस्थामा झुण्ड्याएर प्रदशन गरियो । फ्रान्समा संविधानसभाले संविधानको निर्माण गर्न नसकी असफल भयो ।

१६ अक्टुवर १७९३ मा रानी मारिया अन्टोइनेटको कपाल काटी, कपालले पछाडि हात बाँधि, बग्गीमा हाली राजा लुइस १६ औंको जस्तै सार्वजनिक ठाउँमा टाउको काटी उनको टाउको हर्षित भीड अगाडि रगत चुहिँदै गरेको अवस्थामा झुण्ड्याएर प्रदशन गरियो । फ्रान्समा संविधानसभाले संविधानको निर्माण गर्न नसकी असफल भयो ।

सन्दर्भ सामाग्रीहरू

१. नेपालको दोस्रो संविधानसभा तथा ब्यबस्थापिका संसदका सदस्यहरू, गोपाल भण्डारी, माउन्ट एभरेष्ट हिमालय पब्लिकेशन, २०७२, मंसीर, काठमाडौं,  नेपाल ।

२. संविधानसभा र संवैधानिक विकास : विश्वको तुलनात्मक अध्ययन, काशीराज दाहाल, निरन्तर प्रकाशन, २०६३, काठमाडौं ।

३. संविधानसभा प्रकिया र अनुभवहरु, भिमार्जुन आचार्य, राष्ट्रिय शान्ति अभियान, २०६३ माघ, काठमाडौं, नेपाल ।

४. संविधान, संविधानबाद, संविधानसभा र राज्यको पुर्नसंरचना, चन्द्रकान्त ज्ञवाली, २०६३, जेठ, काठमाडौं, नेपाल ।

यो पनि पढ्नुहोस्

नेपालको कानूनी इतिहास

नेपालको संवैधानिक इतिहास

नेपालको संविधान २०७२ का विशेषताहरु

नेपालको आधुनिक संवैधानिक विकासक्रम

बिश्वमा भएका संविधान सभाका दृष्टान्तहरु


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !