२५ बैशाख २०८१, मंगलबार

कानुनमा हट्यो, ब्यबहारमा हटेन छाउपडी प्रथा !


छाउपडी प्रथा
जीबन मगर
जीबन मगर

नेपाल विभिन्न सास्कृतिक मूल्य मान्यता बोकेको मुलुक हो । जँहा बसोबास गर्ने मानिसहरु विभिन्न जात, धर्म, परम्परा, भूगोल, रीतिरिवाज र मूल्य मान्यता बाट अगाडी बढेको पाईन्छ । यहाँ पहिलादेखि नै हिन्दु संस्कार मान्ने मानिसहरु बढी बसोबास गरेको पाईन्छ । यहाँ जम्मा १२५ जाति र १२३ भाषा बोल्ने मानिसहरु बसोबास गर्ने गर्दछन् । जसको आ-आफ्नै मूल्य मान्यता र धर्म सस्कृतिहरु छ, त्यसैले नेपाललाई विविधतामा एकता भएको मुलुकको रुपमा लिन सकिन्छ ।

नेपाली समाजमा विभिन्न किसिमका रुढीवादी परम्पराहरु अझैपनि लागु भईरहेको पाईन्छ । जसले गर्दा आजको समाजलाई यसले प्रत्यक्ष रुपमा असर पारिरहेको हुन्छ । नेपालको पश्चिम र विशेष गरेर सुदूरपश्चिममा क्षेत्रमा बहुप्रचलित रुपमा रहेको प्रथा भनेर छाउपडी प्रथालाई लिने गरिन्छ । कतिपय मानिसहरुलाई अझै पनि छाउपडी प्रथाको बारेमा ज्ञान नहुन सक्छ ।

कानुनी रुपमा छाउपडी प्रथाको अन्त्य भएतापनि ब्यबहारिक रुपमा भने अझै हट्न सकेको छैन । जसले गर्दा कयौं महिलाहरुले वर्षेनी रुपमा आफ्नो ज्यान गुमाई रहेका हुन्छन । हामीले खोज्ने हो भने यस्ता कयौ ज्वलन्त उदाहरणहरु पाउन सक्छौ ।

छाउपडी प्रथा भन्नाले नेपालको पश्चिम र सुदूरपश्चिमी जिल्लाहरुमा कुनै पनि किशोरी तथा महिलाहरु महिनावारी भएको समयमा घर भन्दा बाहिर गोठमा राख्ने प्रथा वा प्रचलनलाई छाउपडी प्रथा भनिन्छ । यस्तो प्रथामा महिलालाई रजस्वला हुने समय वा अबधिसम्म घरमा आउन निदिने तथा खाना पानि गोठमै लगेर दिने गरिन्छ । जसले सुर्य हेर्न हुँदैन भन्ने परम्परागत मान्यता पनि रहेको छ । यस प्रथालाई पश्चिम नेपालको प्रमुख समस्याको रुपमा लिने गरिन्छ ।

आजको सुचना र प्रविधिको एकाईसौ शताब्दिका किशोरी तथा महिलाहरु छाउपडी प्रथाको सिकार हुनु भनेको आजको समाजलाई नकरात्मक हिसाबले चुनौती दिनु हो किनकि आजका हरेक महिलाहरु शिक्षित भईसकेको भएतापनि कयौं महिलाहरु आज पनि छाउपडीको शिकार हुन बाध्य भएका छन् ।

छाउपडीको गोठमा भएका महिलाहरु सर्पले डसेर मर्ने तथा परिवारको वेवास्ता र पूर्ण सह्यारको कमीले पनि ज्यान गुमाउने गरेको पाईन्छ । त्यसैले आजको समाज र आजका शिक्षित महिलाहरुले छाउपडी प्रथाको बिरोध र अन्त्य गर्नु जरुरी छ । यो समाजले अझै पनि संरक्षण गरेर राखेका छाऊ गोठहरुलाई भत्काउने हिम्मत र शाहस अहिलेका किशोरी र महिलाहरुले राख्न जरुरी छ । नत्र भोलि पनि हाम्रा हजारौ महिला तथा किशोरीहरुले आफ्नो जिबन अकालमा खेर फाल्न पर्ने अबस्था आउन सक्छ ।

आज समाजमा छाउपडी मात्र नभई थुप्रै पूरानो परम्पराहरु समाजमा जरा गाडेर बसेको पाईन्छ । त्यसलाई निर्मुल पार्ने काम अबको पुस्ताको हो अबको पुस्ताले पनि सामाजिक बिकृतिहरुको बारेमा प्रश्न उठाउन सकेन भने समाज परिवर्तन हुन सक्दैन । यसर्थ यस्ता नकारात्माक परम्पराहरुलाई हटाउन जरुरी छ ।

रजस्वला हरेक महिलाहरुलाई हुने प्राकृतिक प्रक्रिया हो । जसले उनीहरुको शारीरिक वृद्धि र बिकासमा महत्वपूर्ण भूमिका खेलिरहेको हुन्छ । यस्ता प्राकृतिक प्रक्रियामा समाजले महिलाहरुलाई पर राख्ने वा गोठमा लगेर राख्ने गरिन्छ । छाउपडी नमाने परिवारलाई समाजले घृणा गर्ने तथा समाजबाट बहिष्कार गर्ने समेत भएका थुप्रै उदाहरणहरु पाउन सकिन्छ । त्यसैले यस्ता परम्परागत अर्थात् रुढीवादी प्रथालाई हामीले हटाउन आवश्यक छ । नत्र यस्ता नकारात्मक प्रथाले समाजमा गहिरो रुपमा जरो गाडिरहेको हुन्छ । जसले निर्दोष महिलाहरुको ज्यान लिने गर्दछ ।

आज हरेक समाजमा शिक्षित मानिसहरुको कमि छैनन् । त्यस्ता मानिसहरुले समाजका नकारात्मक विषयबस्तुको विरुद्ध प्रश्न गर्ने आट गर्न सक्नुपर्दछ । हामीले सुनेका छौ अझै पनि कतिपय किशोरीहरु छाउपडीका कारण ज्यान गुमाईरहेका हुन्छन । जसले गर्दा नारीहरु यी समस्याबाट सधै रोइरहेका हुन्छन ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !