१४ बैशाख २०८१, शुक्रबार

मानिसका ५ घटिया हानिकारक बानीव्यहोरा


एटिएमको अत्यधिक प्रयोग

मानिसका ५ घटिया हानिकारक बानीव्यहोरा !  नराम्रो बानीव्यहोरा छोड्‌न गाह्रो हुन्छ । यस्तो बानीव्यहोरा छोड्न एकदमै गाह्रो हुन्छ । हाम्रा यस्ता केहीले हामीलाई पत्तो नदिइकनै डुबाईरहेका हुन्छन् । ती बानीले हामीलाई बिगार्छ भन्ने कुराको जानकारी हामीलाई भैरहेको हुन्न । हामीलाई थाहा छ हानिकारक खानेकुरा खानु, धूमपान गर्नु, नङ टोक्ने बानी तथा ढिलोसम्म नसुत्ने बानी हाम्रो स्वास्थ्यका लागि हानिकारक हुन्छ । तर हामीले त्यतिसारो ध्यान नदिएका र घाटायोग्य नठानेका केही सामान्य बानीव्यहोरा समेत हाम्रो लागि निकै हानिकारक सावित हुन्छन् ।
१. झुटो बोल्नु
झुट भलै सानो होस् वा उतिसारो गम्भीर नहोस् तर त्यो व्यक्तिको मानसिक स्वास्थ्यका लागि समेत निकै हानिकारक हुने अध्ययनले देखाएको छ । झुटो बोलेको कुरा भलै अर्कोले थाहा नपाओस् तर झुटो बोल्ने व्यक्तिलाई मानसिक रुपमा आफुले बोलेको झुटले असर गर्छ । झुटो बोल्ने बानीले व्यक्तिलाई तनाबमा फसाउँछ । झुटो बोलेपछि व्यक्तिमा तनाव पैदा हुन्छ, टाउको दुख्छ, घाँटी दुख्छ र थकाइ लाग्छ ।
२. खाजा खाने छुट्टीमा पनि काम गरिरहनु
तपाइँ जति नै सुकै व्यस्त किन नहुनोस् तर तपाइँले आफ्नो स्वास्थ्यका लागि कार्यालय वा कार्यस्थलको समयमा खाजाको छुट्टीमा आराम गर्नैपर्छ । खाजा छुट्टीमा समेत कार्यालयको कुर्सीमै बसिरहने र त्यहीँ खाजा मगाएर खाने बानीले तपाइँलाई नराम्रो असर गर्छ । विज्ञहरुका अनुसार खाजा छुट्टीमा समेत कार्यकक्षमै बस्ने बानीले व्यक्तिमा तनाव बढाउँछ । हतारमा खाने बानीले खञ्चुवा बनाउने मात्र होइन रोग प्रतिरोधी क्षमता घटाएर रोगको जोखिम बढाउँछ । अध्ययनले के देखाएको छ भने तपाइँ कार्यालयको कार्यकक्षमा ट्वाइलेटमा भन्दा ४ सय गुणा बढी किटाणु हुन्छन् ।
३. घरायासी काम नगर्ने
घरको काम छुँदै नछुने बानीले पनि व्यक्तिलाई रोगी बनाइरहेको हुन्छ । खाना पकाउने, घर सफा गर्ने, लुगा धुने जस्ता घरधन्दा चाहे महिला होस् वा पुरुष दुबैले गर्नैपर्ने हुन्छ आफ्नो स्वास्थ्य ठीक राख्छ । अध्ययनले त के देखाएको छ भने समय समयमा कार्यालयमा विदा लिएर घर बस्ने र घरायासी काम गर्ने गरेमा व्यक्तिको स्वास्थ्य निकै राम्रो हुन्छ । यसले सरीरमा स्टे्रस हर्मोनको मात्रा घटाउने, आनन्द महसुस गराउने फाइदा प्रदान गर्छ ।
४. एटिएमको अत्यधिक प्रयोग
बैंकबाट पैसा निकाल्ने एटिएम मेसिनको बढि प्रयोगपनि स्वास्थ्यको लागि अति हानिकारक हुन्छ । कसरी ? अचम्म लाग्नसक्छ । तर यो कुरा के साँचो हो भने एटिएम काउन्टर किटाणुको घर नै हो भन्दा फरक पर्दैन । अध्ययन अनुसार एटिएम मेसिन सार्वजनिक शौचालय भन्दा पनि फोहोर हुन्छन् । एटिएम मेसिनको अंक दबाउने कि बोर्डमा यति धेरै किटाणु हुन्छन् की त्यति किटाणु सार्वजनिक शौचालयमा मात्र हुन्छन् । त्यसैले एटिएम मेसिनबाट पैसा निकालेपछि घरमा आएर राम्ररी सावुन पानीले हात धोइएन भने ती किटाणुले नराम्रो असर पूराउने सम्भावना हुन्छ ।
५. साथीलाई ढाँटिरहने र साथीसँगीबाट तर्किने
हुनत मान्छेको मानसिक शान्ति तथा स्वास्थ्यका लागि एकान्तवास आवश्यक हुन्छ । तर मान्छेकेा शारीरिक तथा सामाजिक स्वास्थ्यका लागि साथीसँगीहरुको संगत उत्तिकै महत्वपूर्ण हुन्छ । साथीसंगीसँग नमिल्ने, जमघटमा नजान विभिन्न बहानाबाजी गर्ने तथा एकलकाटे बन्ने प्रवृत्तिले व्यक्तिको शारीरिक, मानसिक तथा सामाजिक स्वास्थ्यमा नराम्रो असर पार्छ । दरिलो सामाजिक सम्बन्धले व्यक्तिको मस्तिष्कलाई स्वस्थ राख्छ, डिप्रेसनको समस्या कम गर्छ, तनाव घटाउँछ र आफ्नो तन्दुरुस्तीको ख्याल गर्न व्यक्तिलाई उत्प्रेरित गर्छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !