२६ बैशाख २०८१, बुधबार

“गलत् ! बिल्कुल गलत् !! त्यो माया हुँदै हैन, पटक्कै हैन”


bharat-bhandari भरत भण्डारी

“मलाइ यो दुनियामा कसैले माया गर्दैन्, म एक्लो छु” हल्का आँशु झार्दै भनिन् उन्ले।
“किन गर्दैनन् माया तिमीलाइ? कस्ले गर्दैनन्? सबैले गर्छन् जस्तो लाग्छ मलाइ त, तिम्रो बाबा ममी ले तेतिधेरै माया गर्नु हुन्छ्”।
“तपाइँलाइ थाहा छ, माया भनेको के हो?”
मेरोकुरा सुनेपछी प्रश्न गरी उनिले।
“अँ थाहा छ, मलाइ राम्रो सङ्ग थाहा छ”।

“माया भनेकोनै केयर हो, हरेक एङगल बाट केयर गर्नु, अनि आफ्ना कुरा शेयर गर्नु, दुखमा साथ दिनु नै त हो माया। हेर ननी! मायामा आफ्नो पन हुन्छ, मनैदेखी आफ्नो मान्छे भन्ने फिल हुन्छ, जस्तै तिमी बिरामी हुँदा तिम्रो ममी कती पीर मान्नुहुन्छ,किन? किनकी उहाँले तिमीलाइ माया गर्नु हुन्छ।

“गलत्! बिल्कुल गलत्!! त्यो माया हुँदै हैन,पटक्कै हैन”,
“अनी केहोत त्यो?”
“त्यो त जिम्मेवारी हो, त्यो जिम्मेवारी हरेक ब्यक्तीले कोही न कोही लाइ गर्नैपर्छ, जस्ट गार्जियनसिप, त्यो फरक माया हो, फर एक्जामपल्”इउ आर माइ टिचर, इउ केयर मि अलट,बिकज आइ एम योर स्टुडेन्ट, thats all, सो–मेरो ड्याडिले मेरो केयर गर्नुहुन्छ, इट डजनटमिन हि लभ्स मी”।

दङ्ग परेँ म, मैले जिवनमा बुझेको र जानेको त फरक रहेछ। हरेक कुराको अर्थ र परिभाषा जेनेरेसन अनुसार बदलिँदो रहेछ।
“अनि बैनी! माया के हो तिम्रो आफ्नो बिचारमा?”
“मायाँ भनेको कसैको फिलिङ्ग्स बुझ्नु हो” सहजै भनिन् उनिले ।
“अनी बैनि! कसैले तिम्रो फिलिङ्ग्स बुझ्यो तर तिमीलाइ केयर गर्दैन भने के त्यो माया हो?”,

“नो ! त्यस्तो कदापी हुँदैन,जसले माया गर्दैन, उस्ले फिलिङ्ग्स बुझ्दैन”।
“हँ!! क्या गजव! तेसो भए माया पहिलाकी फिलिङ्ग्स पहिला त नानी?“,
“दुबै सङ्गसङ्गै”, फ्याट्ट भनिन् उनिले।

“हैन नानी!! मैले बुझ्न खोजेको माया अलि फरक छ, मलाइ बुझाइदेउन्,यो प्यारेन्ट्सले आफ्ना छोराछोरीलाइ गर्ने माया चाहीँ कस्तो हुन्छ?”
“हो, यही त भनेनी मैले, प्यारेन्टस ले पहिला छोराछोरिको फिलिङ्ग्स बुझ्नु पर्यो नि! आफ्नो छोरा छोरीले के चाहन्छन् , उनिहरुको सोच के छ,सबै कुरा बुझ्नु पर्यो। हाम्रो बिचार गलत छ भने गलत हो भनेर बुझाउनु पर्यो,अनी सही केहो बताउनु पर्यो। हामी पनि बुझिहाल्छौँनी कुरा,पहिला बुझाउनु पर्यो नि”!

तिमीहरु पनि कहाँ सुन्छौ र प्यारेन्ट्सका कुरा? किन सुन्दैनौ? सुन्ने गरी भन्नु पर्यो नि,
“झुक्किएर कुनै मिस्टेक भयो भने तथानाम भनेर गाली गर्छन्, घरमा अलि ढिला पुग्योभने कुनचाहिँ लफङ्गो सङ्ग मुन्ट्याथिस् भनेर बिल्ला उडाउँछन्”।

“अनी तिमिहरुले पनि राम्रो सङ्ग बुझाउनु पर्यो नि त”,

“हामिले के बुझाउने, हाम्रो त लाइफ को फस्ट एक्स्पेरियन्स हो हरेक चिज्, उहाँ हरुलेत जानी सक्नुभा छ, कुन उमेर मा कस्तो हुन्छ, के के चेन्ज आउँछ भनेर। उबेलाँ आफुले गरेको गल्ती नसम्झने अनि हामीलाइ चैँ जेपीटी भन्ने?”
“तोलाइ जे भने तेही पुर्याइ दिएको छु, खुरु खुरु पढे भैगोनी, रे! बाउले हिजो भनेको, छोरीले के चाहन्छे, कस्तो लगाउन मन छ, कहाँ जान मन छ, कैले सोच्ने भएपो?”

“मैले थाहापाए बाट बाउले मलाइ कतै घुमाउन लगेको थाहा छैन, फिल्म हेर्न जानेत कुरै नगरौँ, अनी साथी हरुसङ्ग घुम्न गयो, मारुँला जस्तो गर्छन्”

“होलीडेको दिन पनि दिनभरी ढोका थुनेर पढिराख भन्छन् भन्या, एकछिन टि भि हेर्न खोज्यो भनेत लास्टै ल्याङ्ग गर्छन् भन्या”।

“तिमी हरुले कन्भिन्स गर्नु पर्यो नि त प्यारेन्ट्स लाइ”।
“के कन्भेन्स गर्नु ? रिसायो एत्तिकै नरिसाउँदा पनि रिसायो भन्छन्, हाँसेर बोल्यो भने नक्कल पारेको भन्छन”।
“अस्ती मेरो बर्थ डे थियो, सेलेब्रेसन गर्नुपर्छ भनेको, हामिलाइ हाम्रो बर्थ डे कहिले हो पनि थाहा छैन, तोलाइ चैँ मनाउनु पर्ने भनेर लास्ट बिल्ला हान्दिरा के अब”,
“बुझ्नु भो नी?”
“प्यारेन्ट्सको माया त्यो हो जस्ले गर्दा हरेक छोराछोरीलाइ छिटै घर जान मन लाग्छ, बुबा ममी सुपर म्यान जस्तो लाग्छ, बाबा ममी साथी जस्तो लाग्छ, तपाइँले भन्नु भाको जस्तो आफ्ना कुरा बाबा ममी लाइ शेयर गर्न सकियोस्, त्यो पो हो त माया। बिदाको दिन बाबा ममी सङ्ग घुम्न जान पाहियोस् , राम्रा कुरा गर्दा प्रोत्साहन पाहियोस्, नराम्रो कुरालाइ सुझाब हरु पाइयोस्, कहिले काहीँ हाम्रा कुरा पनि सुन्ने, सुझाव हरु दिने, अघी बढ्न प्रेरणा दिने गरे पछी कुन छोरा छोरीले भन्छन् र मेरो प्यारेन्ट्सले माया गर्दैनन भनेर?

एउटा कुरा भनौँ सर्, आजकाल का मोस्ट अफ द टीनेज हरु किन छिटो गर्ल फ्रेण्ड ब्वाइ फ्रेण्ड बनाउँछन्, किनकी मन को कुरा शेयर गर्न, जस्ले आफ्नो कुरा सुनोस र फिलिङ्ग्स बुझोस्,अनि माया गरोस्,अनि यो गलत पनि होइननी।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !