१२ आश्विन २०८१, शनिबार

विद्यार्थी युनियन र नेपाली राजनीति


त्रिभुवन विश्वविद्यालय

ताप्लेजुङ् । विगतमा तत्कालिन राजा महेन्द्रले राजनीतिक दललाई प्रतिबन्ध लगाई पञ्चायती व्यवस्था लागू गरेसंगै नेपालका तत्कालिन राजनीतिक दलहरुले विद्यार्थीहरुलाई पञ्चायतको बिरुद्धमा सक्रिय बनाएका थिए । पञ्चायतको बिरुद्धमा मसिहाको रुपमा विद्यार्थी संगठन प्रयोग गरिदै विभिन्न स्वभावका आन्दोलनमार्फत २०१८ सालमा विद्यार्थीको हकहितको लागि राजा महेन्द्रले संगठन खोल्न छुट दिएसगै नवराज सुवेदीको नेतृत्वमा पहिलो विद्यार्थी संगठन गठन भएको थियो ।

केही समयपछि नवराज सुवेदी राजा र राजतन्त्रको मात्र वकालत गर्न थालेपछि उपाध्यक्ष दमननाथ ढुंगानालाई अध्यक्ष बनाई स्वतन्त्र विद्यार्थी युनियनलाई सक्रिय बनाइएको र सुरुमा वार्षिक रूपमा नेतृत्व चयन हुने गरेको यसको इतिहास छ । उ बेला विद्यार्थी संगठनका पदाधिकारीलाई मिनि सांसदको रूपमा लिने गरिन्थ्यो, यसबाट यो सङ्गठनको गरिमा र त्यसको आवश्यकता र प्रजातन्त्र प्राप्तिको जिम्मेवारी कति रहेछ आफै प्रष्ट हुन्छ ।

२०७२ सालको महा-विनाशक भुईचालो आई नेपालमा आपतकालीन अवस्था पर्दा सहयोगको लागि अमेरिकी सेना नेपाल आइ काम गरेको थियो भने विभिन्न मुलुकहरूबाट समेत आर्थिक, भौतिक र सैन्य सहयोग भयेको थियो । यसको समयसिमा सकिएपछि उनीहरु सम्मानपूर्वक स्वदेश फर्किएका थिए । हाम्रा नेपाली सेना र सहयोगी संस्थाहरु पनि यसैगरी सहयोगको लागि जान्छन् र औचित्यपूर्ण भइसकेपछि स्वदेश फिर्ता हुन्छन् ।

नेपालमा विद्यार्थी सङ्गठनको औचित्य कति समयको लागि थियो वा यस्ता सङ्गठन सदैव सक्रिय हुनैपर्ने हुन्छन ? यो विषयमा गहन अध्ययनको खाँचो छ । निरङ्कुश व्यवस्थाको अवसान र प्रजातन्त्र हुँदै संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको स्थापन भइसके पश्चात् पनि राजनीतिक उद्धेश्य परिपूर्ति अझै नभएको हो ? आज यस लेखमा यो बिषयको विश्लेषण गर्न चाहिन र मैले यो बिषयमा पाठक दिर्घाको कमेन्टको अपेक्षा गरेको छु ।

नेपालको अवको गन्तव्य कता र कसरी हुनुपर्छ ? यो विषयमा अत्यन्तै सुक्ष्म विश्लेषण गर्न जरुरी भइसकेको छ । हरेक विषयलाई राजनीतिसँग गिजोलिँदाको हविगत आजको हाम्रो गिर्दो आर्थिक अवस्था र अस्थिरता आदि हुन् । राजनीति र ब्यबसायको जोख्ने तुलो एउटै हुनु हुँदैन तर यहाँ मन नपर्ने व्यक्तिले लगाएको अत्तरको बास्नालाई पनि नाक छोप्ने प्रवृत्तिले हाम्रो समाजका ठेकेदारहरुले यो समाजको विकास र अखण्डता कता पुर्याउदैछन् सोच्न जरुरी भइसकेको छ ।

नेपालका मुख्य राजनीतिक दलहरु, भातृसंगठनहरु, नागरिक समाज र प्रवुद्ध वर्ग लगायतको जोडबलले मुलुकमा संसारकै उत्कृष्ट संविधान र मुलुकको बागडोर जनताको हातमा आइसके पश्चातको गन्तव्य यो मुलुक भित्रको गरिबी र अशिक्षालाई हटाइ समृद्ध मुलुक र धनी जनता बनाउन मुलुकका सवै अंग लागि पर्नुपर्ने अहिलेको आवश्यकता हो । भातृसंगठनहरु परिष्कृत भइ आफ्नो आफ्नो उद्धेश्य अनुरुपको कार्यउन्मुख हुनुपर्नेमा कर्मचारी, शिक्षक, विद्यार्थी, मजदुर आदि सम्बद्ध संघ, संगठनका पदाधिकारीहरु आफ्नो जिम्मेवारी अनुरुपको काम नै नगर्ने यत्रतत्र सर्वत्र देखिएको छ ।

कर्मचारी होस वा मजदुर यदि कोहि संघ संगठनमा आवद्ध भए, आफ्नो जिम्मेवारीको काम नगर्ने, दिनभरी गफ चुटेर हाजिर पकाएर घर/डेरा फर्किने मानसिकताले कसरी उनीहरु आवद्ध संस्थाले प्रगति गर्छ ? यो उनीहरुले नसोचेकै होलान् भन्ने चाहिँ यो पङ्तिकारलाई लाग्दैन । कार्यालय समयभित्र आफुलाई तोकिएको समय १० देखि ५ हो कि आफ्नो कार्यतालिका अनुरुपको समयमा आफ्नो जिम्मेवारी अनुरुपको काम सम्पन्न भइ सकेपछि सांगठनिक कार्य गर्न सवैलाई छुट छदैछ । तर पदाधिकारी भइ सकेपछि आफ्नो कार्यालयप्रतिको जिम्मेवारी बहन नगर्नेलाई नेता मानेर त्यो संस्थाले कसरी विकास गर्दछ ?

प्रत्येक अभिभावकले आफ्ना छोराछोरीहरुलाई जीवनकै मुक्तिको मार्ग सोचेका हुन्छन् । विद्यालय, कलेज र विश्वविद्यालय जाँदा पनि राम्रो पढेर राम्रो जागिर खाओस् अथवा राम्रो व्यवसाय गरोस् भन्ने सोचेका हुन्छन् । केही अभिभावकहरु आफ्ना सन्तति कुनै पनि राजनीतिक विषयमा चासो नराखोस् भन्ने चाहन्छन भने केहिले समग्र मुलुक र विश्वको अवस्थालाई र बिषयमा बुझ्नु जरुरी ठानेका हुन्छन् । नेपालको राजनीतिलाई गहिरो नियालेर हेर्ने हो भने एकाध उदाहरण बाहेक कलेजमा पटक-पटक फेल हुने, राजनीतिको नाममा अनेकन प्रपन्च रचेर त्यही कलेज र विश्वविद्यालयमा अल्झियेर बस्नेहरु नै त्यहाँको संगठनको मियो भइरहेको हुन्छन् ।

विद्यार्थीको प्रमुख कर्तव्य भनेको नै विद्यालय, कलेजमा गएर विशिष्ट शिक्षा हाँसिल गर्ने हो । आफूले पढेको विषयमा आफुलाई कसरी अव्वल पार्न सकिन्छ त्यसमा हदैसम्म ध्यान दिइनु विद्यार्थीको दायित्व र धर्म हो भने आफ्नो अव्वलताको सदुपयोग गर्दै विद्यार्थीको हकहितका विषयमा ध्यान दिनु धेरै हदसम्म मनासिव देखिन्छ तर आफ्नो मुख्य कर्तव्यबाट बिमुख विद्यार्थीहरु सगठनको मियो हुने, उसैलाई प्रमुख दलका नेताले भरणपोषण गर्दै तानेर राजनैतिक नेतृत्वमा पुर्याई मुलुकको नेतृत्व सुम्पिने चलनले कसरी हाम्रो मुलुकले विकासको पथमा हिड्न सक्छ ? के यो पद्धति सच्चिन, आजका विद्यार्थी (मुलुकको भाग्य र भविष्य) हरु यो विषयमा सजग हुन जरुरी छैन र ?

लेखक सिरीजंघा-१ सिनाम, ताप्लेजुङ निवासी ईन्जिनियर वीरेन्द्र श्रेष्ठ लोकपप विधाका पूर्वका चर्चित गायक समेत हुन् । लामो समयदेखि जलविद्युतको विकास निर्माणमा संलग्न हस्ती बरिष्ठ ईन्जिनियर श्रेष्ठ मुलुक समृद्धताको लागि आफ्ना अनेकन फाइदाहरुलाई त्यागेर अनवरत मुलुकको सेवामा लागी परेका छन् । समाज सेवालाई निकै बढावा दिंदैछन् ।

यो पनि पढ्नुहोस्

पृथ्वी जयन्ती र क्रान्तिको सार

ताप्लेजुङको विकासको लागि इन्जिनियर वीरेन्द्रले देखे यस्तो सपना

नेपालका राजनीतिक दलको बिरासत अनि आजको आवश्यकता

नेपालका राजनीतिक दलप्रति जनताको दृष्टिकोण

प्राकृतिक विपद् र नेपालको अवस्था

आकाशिँदो मूल्यवृद्धि भित्रका शालिन नेपाली जनता

स्थानीय निर्वाचनप्रति नागरिकको झुकाव र हाम्रो आवश्यकता

स्थानीय निर्वाचन क्रान्तिको बिगुल कि रोजाइको जनप्रतिनिधि


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !