७ मंसिर २०८१, शुक्रबार

नेपालका राजनीतिक दलप्रति जनताको दृष्टिकोण


केपी शर्मा ओली, शेरबहादुर देउवा र प्रचण्ड
ई. बीरेन्द्र श्रेष्ठ
ई. बीरेन्द्र श्रेष्ठ

नेपाल मात्र नभई विश्वभरी नै क्रान्तिको अन्तिम निर्णायकबिन्दु भनेको जनता हुन् । तपाई आफै विश्लेषण गर्नुहोस् वा पुराना यादका दस्तावेज पल्टाउनुहोस् । नेपालभर नेपाली कांग्रेस र विभिन्न कम्युनिष्ट घटकहरुको चरणबद्ध आन्दोलन भएतापनि जनता सम्मिलित २०४६/०४७ को आन्दोलन, १० बर्षे जनआन्दोलनले टुंगो नलगाएपछि २०६२/०६३ आन्दोलनको निर्णायाक भूमिकामा जनसहभागिता भइसकेपछि निष्कर्षमा पुगेको इतिहास छ । मुलुकको मालिक जनता र मालिकको काम गरिदिने कामदारको रुपमा सेना, प्रहरी, कर्मचारी र राजनीतिकर्मीहरु पर्छन् ।

साधारणतय: मालिकले सेवकलाई उसको कार्य मूल्यांकनको आधारमा पुरस्कृत र दण्डित गर्ने आम चलन छ । यसैकारण संस्कारी मुलुकमा कार्यसम्पादन सन्तोषजनक नभए वा दोषी सावित हुने अवस्था आउनुपूर्व नै परिस्थिति मुल्यांकन गरेर राजीनामा गर्ने गरिन्छ ।

नेपाल मात्र नभई विश्वभरी नै क्रान्तिको अन्तिम निर्णायकबिन्दु भनेको जनता हुन् । तपाई आफै विश्लेषण गर्नुहोस् वा पुराना यादका दस्तावेज पल्टाउनुहोस् । मुलुकको मालिक जनता र मालिकको काम गरिदिने कामदारको रुपमा सेना, प्रहरी, कर्मचारी र राजनीतिकर्मीहरु पर्छन् ।

सर्वत्र बेइज्जत भइ सकेर मुख देखाउ नै नसक्ने भइसक्दा पनि दुनिया प्रपन्च रचेर आफ्नो समुह र नेताको बचाउमा सिंगो दल लाग्ने संस्कारले यो मुलुकको हितमा काम गर्ने कोहि छ र ? जस्तो अनुभूति सायद मलाई मात्र हैन आम नेपालीको दिमागमा परिसकेको छ जस्तो लाग्छ ।

२०४८ सालदेखि यताको मात्र घटनाक्रमलाई विश्लेषण गरेर हेरौ, प्रत्येक दशक र डेढ दशकमा शासकीय स्वरुप परिवर्तन भए तर अकाट्य मालिक (जनता) बिस्तारै नोकर बन्ने क्रम बढेर गयो भने दलभित्र पनि मालिक यानेकि कार्यकर्ताहरुलाई सेवक (नेता) को तलाउ चाट्न बाध्य बनाइदैछ । दोषी को छ ? तपाई ? म ? पद्दति कि नेता ?

साधारणतय: मालिकले सेवकलाई उसको कार्य मूल्यांकनको आधारमा पुरस्कृत र दण्डित गर्ने आम चलन छ । यसैकारण संस्कारी मुलुकमा कार्यसम्पादन सन्तोषजनक नभए वा दोषी सावित हुने अवस्था आउनुपूर्व नै परिस्थिति मुल्यांकन गरेर राजीनामा गर्ने गरिन्छ ।

भर्खरै मात्र आर्थिक संकटमा परेको श्रीलंकामा त्यहाँका शासक राजापाक्षेलाई सत्ताच्यूत गराई देशबाट भाग्न बाध्य बनाएका थिए श्रीलंकाली जनताले । जनताको शक्तिको हेक्का नभएको भन्दा पनि सत्ता उन्मादमा रहेका ठुला दलका नेतालाई जिम्मेवार व्यक्ति वा कार्यकर्ताले गलत सूचना प्रवाह गरेका छन् वा सकुन्जेल नछोडौ भन्ने विकृत मानसिकताबाट ग्रसित छन् वा मुलुकमा जनताले बिकल्प खोज्ने कुराको हेक्का नभएको हों ? निकट भविष्यले बताउने नै छ ।

नेपालले जहाँनिय राणा शासनदेखि पंचायत हुदैँ संसारकै उत्कृष्ट शासन पद्दति ‘लोकतान्त्रिक गणतन्त्र’ को यात्रा तय गर्दा हजारौ शहिदले शहादत प्राप्त गरिसकेका छन्, हजारौको भाग्य र भविश्य यहि कर्ममा बितेको छ भने पटक-पटकको कान्ति र आन्दोलनले मुलुकको समुन्नत आर्थिक वृद्धिमा ठुलो दख्खल पुगेको छ ।

२०४८ सालदेखि यताको मात्र घटनाक्रमलाई विश्लेषण गरेर हेरौ, प्रत्येक दशक र डेढ दशकमा शासकीय स्वरुप परिवर्तन भए तर अकाट्य मालिक (जनता) बिस्तारै नोकर बन्ने क्रम बढेर गयो भने दलभित्र पनि मालिक यानेकि कार्यकर्ताहरुलाई सेवक (नेता) को तलाउ चाट्न बाध्य बनाइदैछ । दोषी को छ ? तपाई ? म ? पद्दति कि नेता ?

२०४८ साल यताको शासन संचालन जनताको सरकारमा आइसकेको हुँदा यस वीचमा उत्पन्न हरेक राजनीतिक समस्याको जिम्मेवारी नेपालका ठुला दलले लिनैपर्ने हुन्छ । जहिले समस्याबाट भागेर दोष अरुलाई थोपरेर पानीमाथिको ओभानो बन्ने प्रबृत्तिले समस्याहरु झन्झ-न् जटिल बन्दै गएका छन् र मुख्य जिम्मेवार दलहरु गैरजिम्मेवार देखिंदै जानुले जनतामा बितृष्णा उत्पन्न भएको प्रष्ट देखिन्छ ।

हरेक निर्वाचनले जनपेक्षित नतिजा दिइरहेको हुन्छ । २०४८ सालमा नेपाली कांग्रेसलाई २०५ सिटमध्ये ११० सिट र २७५२४५२ लोकप्रिय मतका साथ बहुमत दिएका थिए, २०६४ सालमा प्रत्यक्ष र समानुपातिक गरेर ५७५ सिटमध्ये २२० सिटका साथ नेकपा माओवादीलाई प्रथम मत, ११०सि का साथ नेपाली कांग्रेसलाई दोस्रो मत, १०३ सिटका साथ तेस्रो मत नेकपा एमालेलाई दिएका थिए ।

भर्खरै मात्र आर्थिक संकटमा परेको श्रीलंकामा त्यहाँका शासक राजापाक्षेलाई सत्ताच्यूत गराई देशबाट भाग्न बाध्य बनाएका थिए श्रीलंकाली जनताले । जनताको शक्तिको हेक्का नभएको भन्दा पनि सत्ता उन्मादमा रहेका ठुला दलका नेतालाई जिम्मेवार व्यक्ति वा कार्यकर्ताले गलत सूचना प्रवाह गरेका छन् वा सकुन्जेल नछोडौ भन्ने विकृत मानसिकताबाट ग्रसित छन् वा मुलुकमा जनताले बिकल्प खोज्ने कुराको हेक्का नभएको हों ? निकट भविष्यले बताउने नै छ ।

यस्तै २०७४ सालमा नेकपा एमालेले १२१ सिट र माओवादी केन्द्रले ५३ सिट गरी कुल नेकपा १७४ सिटका साथ प्रथम र ६३ सिटसहित नेपाली कांग्रेस दोस्रो भएको थियो । विभिन्न समयम़ा दलको स्वभाव र मुलुकले अपेक्षा गरेअनुरुपको एजेण्डालाई विश्वास गरेर नेपाली जनताले आफ्नो अभिमत प्रकट गरेको पाइएको छ ।

स्थानीय निर्वाचन २०७९ को नतिजा ठुला दलहरुको लागि खासै भिन्न नआएपनि ठाउँ-ठाउँमा स्वतन्त्र उम्मेद्वारको जितले जनतामा ठुला दलहरुप्रति गुनासो रहेको संकेत प्रष्ट देखिन्छ । काठमाडौँ महानगरपालिकामा बालेन्द्र साह, धरान उपमहानगरमा हर्क साम्पाङ लगायतको जितले नेपालका ठुला राजनीतिक दलहरुमा दलहरुले एजेण्डा मुताविक काम गर्न नसकेकोमा बितृष्णा र दलहरुले जनअपेक्षित उम्मेद्वार दिन नसक्नु दुई वटा प्रश्नचिन्ह खडा गरेको छ ।

समग्र बस्तुस्थिति २०४६ को आन्दोलनदेखि हालसम्मको प्राप्तिमा जनसहभागिताले जनतामा दलहरुप्रतिको अपनत्वलाई मध्यनजर राख्दा दलहरुलाई अहिले नै जनताले उपेक्षा गरिहाल्ने अवस्था छैन तर योग्यता, क्षमता र डेलिभरी दिन सक्ने व्यक्तिको छनौट नगरी त्यही पुरानो अनुहार जसलाई पटक-पटक जनताले परिक्षणको कसीमा उतारिसकेका नेताहरु र नाता-गोता साथै भागबण्डाको खेलमा टिकट दिइएको हुनाले दलको लोकप्रियतामा ह्रास आएको स्पष्ट देखिन्छ ।

मुलुकलाई काम गरेर निकास दिनसक्ने व्यक्तिको खोजीमा जनता छन् भन्ने हेक्का रहनुको साटो राजनीतिमा प्रतिद्वन्दीलाई निचो बनाएर आफु उचो हुने प्रवृत्तिको फेशन रहिरहेकोले राजनीतिक संस्कारको विकास र आवश्यकीय अध्ययन र चिन्तनको विकास नहुने प्रष्ट देखिन्छ जुन मुख्य दलहरुको लागि प्रत्युत्पादक छ ।

स्थानीय निर्वाचन २०७९ को नतिजा ठुला दलहरुको लागि खासै भिन्न नआएपनि ठाउँ-ठाउँमा स्वतन्त्र उम्मेद्वारको जितले जनतामा ठुला दलहरुप्रति गुनासो रहेको संकेत प्रष्ट देखिन्छ । काठमाडौँ महानगरपालिकामा बालेन्द्र साह, धरान उपमहानगरमा हर्क साम्पाङ लगायतको जितले नेपालका ठुला राजनीतिक दलहरुमा दलहरुले एजेण्डा मुताविक काम गर्न नसकेकोमा बितृष्णा र दलहरुले जनअपेक्षित उम्मेद्वार दिन नसक्नु दुई वटा प्रश्नचिन्ह खडा गरेको छ ।

प्राय: सबै दलका नेताहरु सरकारमा कुनै न कुनै रुपमा पुगेर सत्ता संचालनमा सहभागी भई सकेका हुँदा मुलुकका प्रमुख दलहरु कुनैले सत्ता संचालन गर्दा पो मुलुकको हित होला कि ? भन्ने जनताको अन्तिम चाहना पनि नरहेको अवस्था छ । म सत्तामा पुगेर यसो गर्छु भन्ने हकमा कागजमा लेखेर आउने घोषणा पत्रबाहेक केहि थप विश्वासका आधार दिन सक्ने कोहि दलसँग कुनै तथ्य नभएपनि नेपाली कांग्रेसका महामन्त्री गगन कुमार थापाले प्रोजेक्ट गभर्मेन्टको विषयमा जानकारी गराउनु हुँदा त्यो तथ्यगत रुपमा लागु गरिने प्रतिबद्धता नेपाली कांग्रेसबाट आउन सके मुलुकभित्र मात्र नभई एउटा अन्तर्राष्ट्रिय रुपमा विश्वासको आधार बन्न सक्ने अवस्था छ ।

समयसीमा, लगानी र व्यवस्थापनलाई हदैसम्मको लय मिलाउने हों भने कुनै पनि मुलुकको कायापलट हुन समय लाग्दैन । जन्मभूमि यानेकि आफ्नो राष्ट्र त के ५/७ बर्ष आफुले अध्ययन गरेको पृथ्बीको अर्को कुनाको मुलुक होस् वा १/२ बर्ष मात्र भएपनि काम गरेको मुलुकसम्म कति प्यारो लाग्छ हरेक मानिसलाई ?

मुलुकलाई काम गरेर निकास दिनसक्ने व्यक्तिको खोजीमा जनता छन् भन्ने हेक्का रहनुको साटो राजनीतिमा प्रतिद्वन्दीलाई निचो बनाएर आफु उचो हुने प्रवृत्तिको फेशन रहिरहेकोले राजनीतिक संस्कारको विकास र आवश्यकीय अध्ययन र चिन्तनको विकास नहुने प्रष्ट देखिन्छ जुन मुख्य दलहरुको लागि प्रत्युत्पादक छ ।

छिमेकी मुलुकसँग सीमा विवादमा एक इन्च भूमि पनि खोसिनु पर्यो भने सच्चा नागरिकले आफ्नो ज्यानको आहुति लगाउन पछि पर्दैनन् तर यहाँ यति संवेदनशील विषयलाई दलगत र व्यक्तिगत परिभाषा गरिन्छ, कुर्सीमा बसुन्जेल कुनै पनि कामको ठोस निकास र कारबाही अगाडी बढाउन नसक्नेहरु कुर्सीबाट हट्नासाथ म सत्तामा रहेको भए ६ महिनामा मेरो प्रतिबद्धता अनुरुपका सबै काम सकिदिन्थे ? तर उही व्यक्ति बर्षौसम्म सत्तामा बिराजमान हुँदा दिगो विकास र राष्ट्रियताको सवालमा केहि गरेको हुदैन फेरि चुनाव आउँछ अनि जनता फेरि उसैलाई आफ्नो मत दिने ठेक्का लिएर बसेको भनेझै गरेर मेरो पहिलो मत आउछ, यो दल र उ दल मिल्यो भने पत्तासाफ पार्छन भन्ने गरेको सुन्दा अचम्म लाग्छ । के जनताको स्वविवेक छैन र ? अझै जनताले भ्रष्टाचारी, दुराचारी, व्यभिचारीलाई चिन्न सक्दैनन् र ? अवश्य सक्छन् ।

काठमाडौँ, धरान, धनगढी लगायतको मेयरको निर्वाचनको परिणाम यहि हों । त्यहाँ नेपाली कांग्रेस, एमाले, माओवादी जस्ता ठुला पार्टीकै अधिकांश कार्यकर्ताहरुको सहयोगमै स्वतन्त्र उम्मेद्वारले जित हाँसिल गरेका हुन् । तपाई आफै विचार गर्नुस कसरी केशव स्थापितले काठमाडौँ महानगरमा हार व्यहोर्नु पर्यो र सुनिता डंगोलले उपमेयरमा जित हाँसिल गरिन् ? के केशव स्थापित भन्दा सुनिता डंगोलको राजनीतिक करियर र कम्युनिष्ट विचार र अध्ययन अधिक या पुरानो कार्यकर्ता हुन र ? यहाँ एमालेले बुझेको एउटै मात्र कुरा थियो जनचाहना, जुन सफल भयो । उम्मेद्वारी सम्बन्धमा एउटै मात्र विकल्प देखिन्छ, त्यो हो जनचाहना अनुरुपको व्यक्तित्व, जो योग्यता, क्षमता र डेलिभरी दिन सक्ने होस्, भ्रष्टाचार र नैतिक पतनको कुनै क्रियाकलापमा कहिले नगनाएको होस् ।

समयसीमा, लगानी र व्यवस्थापनलाई हदैसम्मको लय मिलाउने हों भने कुनै पनि मुलुकको कायापलट हुन समय लाग्दैन । जन्मभूमि यानेकि आफ्नो राष्ट्र त के ५/७ बर्ष आफुले अध्ययन गरेको पृथ्बीको अर्को कुनाको मुलुक होस् वा १/२ बर्ष मात्र भएपनि काम गरेको मुलुकसम्म कति प्यारो लाग्छ हरेक मानिसलाई ?

मलाई संगीत र राजनीति पनि उस्तै-उस्तै लाग्न थालेको छ, संगीत पढेको, ल़ामो समय संगीतमै मात्र काम गरेको दक्ष व्यक्ति राम्रो संगीत गुरु, राम्रो संगीतकार बनेको प्रशस्त उदाहरणहरु छन् तर नागरिकले स्टेजमा पर्फर्मर खोज्छन् त्यो बिरलैमा पाइन्छ, त्यसैले राजनीतिमा पनि साँगठनिक राजनीति र कार्यकारी पदमा गएर गरिने राजनीति फरक छन् । संगीत बुझेको व्यक्ति वा संगीतकारलाई सांगठनिक राजनीतिज्ञ र पर्फर्मर यानेकि गायक भनेको कार्यकारी पदमा काम गर्ने व्यक्तिसँग तुलना गरे मैले ।

हामी घर-घरमा सुन्ने गर्छौं, फलानोको बाबु मर्यो भने त्यो छोराले के गरिखाला ? कोहि अमुर्त रहेनन् यो लोकमा अनि सवैको समयचक्र अनुसारले गरिखाएकै छन् । राजनीतिमा कोहि बाबु-छोरा छैनन्, केवल समयचक्रले बनाएको अग्रज र साँच्चिकै सम्मानित अग्रजहरु छन् । अग्रजको मानसम्मान हरदम गरिनु जरुरी छ भने अग्रजलाई घरको पिता वा आफ्नो गुरु मान्ने हों भने पिताले छोरालाई र गुरुले शिक्षेलाई दक्षता यकिन गरेर अघि बढ्ने बाटो दिन्छन्, अवसर जुटाईदिन्छन्, अनि पो सम्बन्धको गुञ्जायस र कामको सहि निकास निस्किन सक्छ ।

तपाई आफै विचार गर्नुस कसरी केशव स्थापितले काठमाडौँ महानगरमा हार व्यहोर्नु पर्यो र सुनिता डंगोलले उपमेयरमा जित हाँसिल गरिन् ? के केशव स्थापित भन्दा सुनिता डंगोलको राजनीतिक करियर र कम्युनिष्ट विचार र अध्ययन अधिक या पुरानो कार्यकर्ता हुन र ? यहाँ एमालेले बुझेको एउटै मात्र कुरा थियो जनचाहना, जुन सफल भयो । उम्मेद्वारी सम्बन्धमा एउटै मात्र विकल्प देखिन्छ, त्यो हो जनचाहना अनुरुपको व्यक्तित्व, जो योग्यता, क्षमता र डेलिभरी दिन सक्ने होस्, भ्रष्टाचार र नैतिक पतनको कुनै क्रियाकलापमा कहिले नगनाएको होस् ।

लेखक सिरीजंघा-१ सिनाम, ताप्लेजुङ निवासी ईन्जिनियर बीरेन्द्र श्रेष्ठ लोकपप विधाका पूर्वका चर्चित गायक समेत हुन् । ल़ामो समयदेखि जलविद्युतको विकास निर्माणमा संलग्न हस्ती बरिष्ठ ईन्जिनियर श्रेष्ठ मुलुक समृद्धताको लागि आफ्ना अनेकन फाइदाहरुलाई त्यागेर अनवरत मुलुकको सेवामा लागी परेका छन् । समाज सेवालाई निकै बढावा दिंदैछन् ।

यो पनि पढ्नुहोस्

प्राकृतिक विपद् र नेपालको अवस्था

आकाशिँदो मूल्यवृद्धि भित्रका शालिन नेपाली जनता

स्थानीय निर्वाचनप्रति नागरिकको झुकाव र हाम्रो आवश्यकता

स्थानीय निर्वाचन क्रान्तिको बिगुल कि रोजाइको जनप्रतिनिधि

बहुमुखी प्रतिभाका धनी इन्जिनियर तथा गायक बिरेन्द्र श्रेष्ठको जीवन

जहाँ इच्छा त्यहाँ उपाय भने झैँ समयको सहि सदुपयोग गरिरहेको छु – इन्जिनियर तथा गायक श्रेष्ठ


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !