१५ बैशाख २०८१, शनिबार

चेतन र प्रकृतिको समिश्रण:हाम्रो जीवन


natural

मानव जीवन निकै अतुलनिय छ, हामी भित्र रहेको जिनको अथाह विकसित अवस्था पछि हामी पृथ्वीमा यो रुपमा रहेका छौं, हामी स्वयम् मा हेरौं प्रकृतिले कति कुराहरुको समिश्रण हामीमा प्रयोग गरेको छ, तब न हामी आफुलाई स्वयम एक शरीरको रुपमा खडा गरेका छौं।

शरीर त पाँच तत्वद्वारा निर्मित छ: आकाश, वायु, तेज, पानी र पृथ्वी, जुन प्रकृतिको मेकानिजममा रहेर निर्माण भएको हो किनभने हाम्रो प्रकृति पनि यिनै तत्वहरुको मुल स्रोत हो।

जसरी यी पाँच तत्वद्वारा निर्मित यो प्रकृतिमा कयौँ चराचर जीवजन्तु, पंक्षी र मानवका लागि अनुकुल वातावरण बनेको छ,त्यस्तै हाम्रो शरीर पनि यिनै पाँच तत्वद्वारा निर्मित हुनाले करोडौं जिनहरुको वासस्थानका लागी अनुकुल वातावरण बनेको छ, तब न हामी आफुलाई चेतन भनि मान्छौँ। जसको विकासको निमित्व शरीरका सम्पुर्ण क्रियाकलाप संचालन हुने गर्दछ।

प्रकृतिका यी पाँच तत्वहरुले हाम्रो शरीर कुन रुपमा निर्माण गरेका छन्, हेरौँ:

१) आकाश तत्व– ध्वनि
२) वायु तत्व ——श्वास
३) तेज तत्व——-पाचन
४) पानी तत्व——रक्त
५) पृथ्वी तत्व—– हाड,मासु

शरीर भित्र मानिसका आफ्ना कर्म अनुरुप विकसित जिनहरु चेतन रुपमा चलमलाइरहेका छन्।
वास्तवमा जिन तत्व प्रकृतिका पाँच तत्वहरुको संमिश्रण हुँदा आफै उत्पन्न हुने र स्वत नष्ट हुने गर्दछ।

अब हामीले बुझ्नुपर्ने छ कि यिनै पाँच तत्वद्वारा निर्मित हाम्रो शरीरमा जिनहरुको विकसित रुपमा एक समुश्ट चेतन उत्पन्न भएको छ,जुन कार्य हामी आमाको गर्भमा हुँदा भइसकेको थियो।

गर्भाधान क्रियाकलापमा पुरुषमा रहेको शुक्रकीट र महिलामा विकसित भएको डिम्बको मिलनबाट हुने गर्दछ। परिपक्क भएको डिम्बको असंख्य शुक्रकिटमध्ये कुनै एकसंग मात्र मिलन हुन्छ,यस्तो रासायनिक प्रतिक्रिया पश्चात आमाको गर्भाशयमा एक सियोको टुप्पो जत्रो जिन उत्पन्न हने गर्दछ, जुन चेतन हुन्छ। त्यही चेतन र पाँच तत्वको मिलन प्रश्चात शरीर शिशुको रुपमा विकसित हुने गर्दछ।

आमाको गर्भमा विकसित रहँदा हामीले आफ्नो स्वरुपको अनुभव गरेका हुन्छौँ। गर्भमा रहेको ताप र विभिन्न अरु विकारबाट बाहिर निस्कने हाम्रो प्रयास रहन्छ,तर सबै मेकानिजम प्रकृतिको आधारमा रहेकाले उहि प्रकृति शक्तिको सहाराले हामी आमाको गर्भबाट बाहिरी संसारमा निस्कन्छौँ।

यो संसार प्रकृति र मायाले बनेको हुँदा बाहिर निस्कने बित्तिकै हामीले आफुलाई विस्मरण गर्दछौँ र केवल शिशु शरीर र शुन्यतामा रहेको चेतनमा आफुलाई प्राप्त गर्दछौँ। आफु जन्मेको घरपरिवार, समाज अनुरुप हाम्रो विकास र परिवर्तन चलिरहन्छ,यसरी प्रकृति शक्तिबाट उत्पन्न भएको चेतन र प्रकृतिका पाँच तत्वहरुको समिश्रण नै हाम्रो जिवन हो।

यसरी हामीले आफ्नो वास्तविक स्वरुपको पहिचान गरी हामीमा रहेका यी तत्वहरुको प्रयोग र विकास हाम्रो जीवनमा कसरी भइरहेको छ भन्ने मुल्यांङ्कन गरी यिनीहरुको समुचित प्रयोग र समिश्रण कायम गर्न सकेमा जीवनमा आफुलाई खुसि र सुखि राख्न हामीलाई निकै मद्दत मिल्नेछ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !