संसारमा सवै राम्रा र सवै नराम्रो भन्न मिल्दैन किनभने राम्रो मानिसमा पनि कहि न कहि खराबीपन लुकेको हुन सक्छ । संसार गोलो छ भने आकाश फराकिलो छ । फराकिलो आकाशमुनि बस्ने हरेक प्राणी एउटै रूपका छैनन् । हुन सक्छ कोहीको रूप कालो र कोही गोरो रंगको हुन सक्छ कतिपयको विचार मिले पनि सवैको नमिल्न् सक्छ ।
हिजो हामीले एउटा सपना देख्यौ सपना थियो परिवर्तनको यदि हामीले राजालाई फाल्न सकेमा जनताका छोराको हातमा सत्ता आएमा निश्चित पनि परिवर्तन होला भन्ने आसा लिएका थियौं तर भने जस्तो र सोचे जस्तो हुँदो रहेनछ । राजाको सक्रिय शाशन भएको बेला उद्योग थिए कमै मात्र बेरोजगार थिए होला तर अहिले भएका सवै उद्योग मासेर जनता बेरोजगार हुदै गए ।
हरेक व्यक्तिले एउटा सपना देख्ने गरेको हुन्छ । खाइ नखाइ सन्तानलाई पढाएको हुन्छ । स्वदेशमा जागिर गरेर बृद्ध हुदै गरेका बा आमाको सेवा गर्ने छ भन्ने सपना देखेको हुन्छ । त्यो सपना परिवर्तन खोज्दै गर्दा समाप्त भएको देखिन्छ । जब हामीले सोचेको सपनाको महल त्यति बेला लथालिंग भयो जुनबेला रोजगार नभएर सन्तानलाई विदेश लखेट्नु पर्ने बाध्यता भयो ।
आज देशमा उद्योग नभएका कारण घरमा बस्ने बाध्यतालाई विदेशमा युवालाई पठाएर भएपनि खर्च धान्न परेको अवस्था नेपालमा छ यो भनि रहनु पर्ला जस्तो लाग्दैन । देश सुहाउदो भेष भनेझै नेपालमा अन्तर्राष्ट्रिय भाषा अंग्रेजी शिक्षाको सट्टा नेपाली शिक्षालाई अघि बढाउदै टेक्निकल शिक्षा दिन र भएका उधोगलाई समाप्त नपारी धमाधम उद्योगमा लगानी लगाएर देशमा विकास गर्न प्रशस्त सम्भावना थियो तर यस्तो सम्भावनातर्फ कसैको ध्यान पुग्न सकेन ।
हरेक काम गर्दा दुरदर्शिता हुन आवश्यक छ । देशको आर्थिक सामाजिक र आवश्यकतालाई हेरेर जब हामी अघि बढ्न थाल्छौं तब मात्र हामीले परिवर्तन गर्न थाल्नेछौं । यहाँ परिवर्तनको नाममा भएका उद्योग समाप्त पार्दै अघि बढेको युवालाई विदेश पलायन बनाउन बाध्य पारेको हामीले देखि रहेका छौं ।
नेपाल एउटा कृषि प्रधान देश हो । नेपाली जनतालाई कृषि उत्पादनतर्फ लगाएर भएको उत्पान सरकाले खरिद गरि बजार व्यवस्थापन मिलाई अघि बढ्न सकेको भए धेरै राम्रो हुने थियो जनमुखी सरकारको भूमिका यसरी तयार गरेर अघि बढ्न सकेको भए परिवर्तन पक्का हुने थियो । जनताले गरेको उत्पादनतर्फ सरकारले ध्यान दिन नसक्दा उत्पादन गरेको बस्तु त्यसै खेर गयो यसले जनतामा कृषिप्रति निराश पैदा गरायो । कृषि क्रान्ति असफल हुदै गयो ।
आज जंगललाई वैज्ञानिक वनमा रूपान्तरण गरिएन तर यसको फाइदा ठेकेदारले लुट्दै गए यदि काष्ट कलालाई अन्तर्राष्ट्रिय बजारसम्म पुर्याउन काठबाट बनेका मुर्तिहरू र अन्य सामाग्री बनाएर बजारमा ल्याउन सकेको भए खेर गएका सवै काठले राम्रो डलर भित्राउन सकिने थियो ।
हाम्रो देश जलस्रोत ले विश्वमा दोस्रो स्थानमा पर्दछ । हामीले जलविद्युत आफ्नै लगानीमा उत्पादन गरेर विदेश पठाउन सकेको भए देशमा ठूलो परिवर्तन हुने थियो तर त्यता कसैको ध्यान पुर्याउन नसक्नु दुर्भाग्य भन्दा खासै फरक छैन । परिवर्तन चाहेर हुने हो यहाँ चाहना कसैमा देखिएन । राजा बन्ने होड र जनतालाई नचाहिने खालको काममा सरकारको ध्यान पुग्दै गयो यही दुर्भाग्यले गर्दा लोकतन्त्र असफल हुन थाल्यो ।
आज नेपाली युवा खाडीमा जागिर गर्ने युवा ८ को सट्टा १२ घण्टा काम गर्न बाध्य भएका छन् । उनीहरू आफ्नै देशमा जागिर गर्न चाहन्छन् । तर यस्ता विषयमा सरकारले जनभावनालाई समेटेर खर्चको भारलाई कम गरेर देशमा विकासमा जोड दिएर अघि बढ्न सकेको भए जनताको मन जित्न सफल रहने प्रशस्त सम्भावना थियो ।
तर यसको विपरीत नाताबाद कृपाबादमा नेतृत्व अल्झदै गयो विदेशी डिजाइनमा संघीयता लाद्ने महगी बढाउने अनआवश्यक सांसद कोटा र मन्त्री कोटा बढाएर देशलाई धरासायीतर्फ लग्ने काममा नेतृत्व लागेकाले देश कमजोर हुदै गयो । अझ समय छ हामीले उद्योगतर्फ ध्यान दिने काममा जुटौं यसो गरेमा पक्का देश परिवर्तन हुनेछ । एमसिसी जस्ता देशलाई घातक हुने काम नगरौं युवाको मागलाई ध्यानमा राखेर अघि बढौं ।
*डा. राम बहादुर बोहरा नेपाल वैकल्पिक चिकित्सा विकास परिषद नवलपरासीको अध्यक्ष, बरिष्ट आयुर्वेद डाक्टर, साइन्स इन्फोटेक र नेपालपत्रका सल्लाहकार तथा नेपालपत्रको स्वास्थ्य स्तम्भकार हुनुहुन्छ ।