३ श्रावण २०८२, शनिबार

आलमलाई सफाइ दिएका दुई न्यायाधीश सर्वोच्च अदालत तानिए


आलमलाई सफाइ दिएका दुई न्यायाधीश सर्वोच्च अदालत तानिए

काठमाडौँ । नेपाली कांग्रेसका नेता तथा पूर्व सांसद अफताब आलमलाई सफाइ दिने उच्च अदालत जनकपुर अस्थायी इजलास वीरगन्जका न्यायाधीशहरू खुशीप्रसाद थारु र अर्जुन महर्जन सर्वाेच्च अदालत तानिएका छन् ।

रौतहटको राजापुर बम काण्डमा आलमलाई सफाइ दिएका उच्च अदालत जनकपुरको अस्थायी वीरगन्ज इजलासका दुई न्यायाधीशहरू थारू र महर्जनलाई बुधबार बसेको न्याय परिषदको बैठकले न्याय परिषदमा तानेको हो ।

अब उनीहरू नियमित न्याय परिषद्मा हाजिर हुनुपर्नेछ । दुबै जनालाई सर्वोच्चमा काजमा राखिने छ । उच्च अदालतका न्यायाधीशका हैसियतले मुद्दाको सुनुवाइ र न्याय निरुपणमा संलग्न हुन पाउने छैनन् ।

जेठ १४ गते न्यायाधीशहरू थारू र महर्जनको इजलासले आलमसहित चार जनालाई सफाइ दिने फैसला गरेको थियो। आलमसँगै उनका भाइ मोहम्मद महताब आलम, शेख सेरोज भन्ने शेख सराज र बद्री सहनीले पनि सफाइ पाएका हुन्

जिल्ला अदालत रौतहटले उनीहरू चारै जनालाई २०८१ वैशाख १३ गते जन्‍मकैदको फैला गरेको थियो। उक्त फैसला गरेको भन्दै दुई न्यायाधीशविरूद्ध न्याय परिषदमा उजुरी समेत परेको थियो।

न्यायाधीशहरू थारू र महर्जनले आलमलाई सफाइ दिएको भन्दै नेकपा बहुमतका कार्यकर्ताहरू इजलासमै पुगेर दुर्व्यवहार समेत गरेका थिए। दुर्व्यवहार गरेको आरोपमा तीन जना पक्राउ समेत परेका थिए।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !