
काठमाडौं । सञ्चारकर्मी दिलभुषण पाठकलाई पक्राउ नगर्न उच्च अदालत पाटनले आदेश दिएको छ । सञ्चारकर्मी पाठकलाई पक्राउ नगर्न आज उच्च अदालत पाटनले सरकारका नाममा अन्तरिम आदेश दिएको हो ।
आज बिहीबार उच्च अदालत पाटनका न्यायाधीश टंकप्रसाद गुरुङ र टीकाराम आचार्यको इजलासले गत सोमबार जारी भएको अल्पकालीन अन्तरिम आदेशलाई निरन्तरता दिँदै धरपकड नगर्न आदेश दिएको हो ।
पाठकले दायर गरेको निषेधाज्ञा निवेदनमाथि प्रारम्भिक सुनुवाइ गर्दै गत सोमबार न्यायाधीश ऋषि राजभण्डारीको इजलासले कानुनबमोजिम बाहेक पक्राउ तथा धरपकड नगर्न अल्पकालीन आदेश जारी गरेको थियो ।
अब पाठकले हालेको मुद्दा नटुंगिदासम्म प्रहरीले उनलाई पक्राउ गर्न पाउने छैन ।