२५ बैशाख २०८१, मंगलबार

लगातार लामो समयसम्म मास्क लगाइरहँदा स्वास्थ्यमा के असर पर्छ ?


नेपालमा कोरोना संक्रमण दर

हामीले अति आवश्यक पर्दा मात्र मास्कको प्रयोग गर्ने तर नन स्टोप मास्क लगाउदा अक्सिजनको कमी हुनुको साथै गलाको खराबी गर्ने गरेको कुरा विज्ञहरूको राय छ । केहि व्यक्तिहरूमा गरिएको परिक्षणमा मास्क नलगाउने हरूको भन्दा मास्क लगाउनेहरूमा अक्सिजन कम देखिएको छ । मास्क लगाउनुस तर भिडभाडमा ताकी रोगमा आदान-प्रदान हुन नसकोस् ।

हामीले आफ्नो स्वास्थ्यप्रति आफै सजग हुनुपर्छ । स्वास्थ्य धन हो भने लापरबाही रोगको घर हो । नोबेल कोरोना जैविक हतियार भएकाले यो प्राकृतिक भन्दा धेरै नै खतरनाक हुन सक्छ । जैविक हतियार कमजोर मान्छे रोगी मान्छे र मनोबल कमजोर भएकामा बढी प्रभाव पार्न सक्ने अनुमान गरिएको छ ।

आज हामीले आफ्नो स्वास्थ्य अरूले गरेको निर्देशितमा होइन आफ्नै विचार र विबेकले पौष्टिक खाना खाने सरसफाइमा विशेष जोड दिने जस्ता काममा ध्यान दिनुपर्ने भएको छ । स्वास्थ्यमा ध्यान दिन सकेमा जैविक हतियारले खासै फरक नपार्ने भएको छ ।

जैविक हतियार भन्दा कतिपयले नहुन सक्छ पनि भन्न सक्नुहोला यो भाइरस अन्तर्राष्ट्रिय भाइरस हो यसमा दुईमत छैन । आज सभ्य र धनी राष्ट्रले जहिले पनि कमजोर राष्ट्रलाई दवाउने गरेको हुन्छ । कमजोर राष्ट्रहरूले आफ्नै नियम कानुन बनाएर अघि बढ्न नसक्ने हुनाले पनि यो लागू भएको हुन सक्ने हाम्रो अनुमान छ ।

आज कमजोरले कमजोरी देखाउदै गर्दा यसले अन्तर्राष्ट्रिय स्तरमा समेत आफ्नो शिर झुकाउदा आफ्ना नागरिकको समेत ध्यान राख्नुपर्ने हुन्छ । विकास हामी गर्न सक्छौ यसका लागि स्वार्थ त्याग्नुपर्छ ।

पब्लिक बिरामी हुँदा नागरिकको पैसामा होइन सरकारले खर्च गर्ने गर्दा यसले देश र जनताप्रति हेर्ने तरिका फरक हुनसक्छ । आज सहयोगी हातहरू हुँदाहुँदै अन्तराष्ट्रलाई हात थाप्ने तरिकाले देशको शिर हमेसा झुक्दै जान थाल्दछ ।

माथि मैले दैनिक मास्क लगाउनु स्वास्थ्यमा हानी गर्छ त्यसकालागी मापदण्ड अनुसारका मास्क बजारमा ल्याएको न ल्याएको अनुगमन गरेर या कम्पनीले उत्पादन गरेको मास्क औषधि व्यवस्था विभागको निर्देशन अनुसार तयार गरेर बजारमा ल्याउन सके ठिक हुन सक्छकी भन्ने हाम्रो राय छ ।

स्वास्थ्यमा खेलवाड गर्दा यस्ले पब्लिक विमार हुँदा सरकालाई समेत असर हुन सक्छ भन्ने बुझेर मात्र बजारमा मास्क ल्याउनु ठिक हुने कुरा हाम्रो मान्यता छ । बजारमा आउने गरेका धेरै जसो मास्क कुन ठिक कुन वेठिक भन्न नसक्ने भएको छ ।

सरकारले केवल नागरिकले दिएको करमा मात्र ध्यान नदि जनताको स्वास्थ्यलाई ध्यानमा राख्दै अत्यावाश्यक मास्क सेनिटाइजर जस्ता बस्तु उत्पादन गरेर बजारमा ल्याउन सके धेरै राम्रो हुने थियो तर यस्ता विषयमा सरकारको ध्यान नपुग्नु दु:खद छ ।

*डा. राम बहादुर बोहरा नेपाल वैकल्पिक चिकित्सा विकास परिषद नवलपरासीको अध्यक्ष, बरिष्ट आयुर्वेद डाक्टर, साइन्स इन्फोटेक र नेपालपत्रका सल्लाहकार तथा नेपालपत्रको स्वास्थ्य स्तम्भकार हुनुहुन्छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !