१४ बैशाख २०८१, शुक्रबार

परिवर्तन के लाई भन्दछन् ? यहि हो त परिवर्तन ?


हिन्दु राष्ट्र र राजसंस्थाको माग गर्दै ठूलो मोटरसाइकल र्‍याली

हिजो परिवर्तनको नाममा १७ हजारको बलिदान दिएर ल्याएको व्यवस्थाले जनताको भावना समेट्न र काम गर्न सकेन । जब जब मान्छे स्वार्थमा डुब्न थाल्छ तब तब परिवर्तनको आधिवेरि आउन थाल्छ ।

परिवर्तन त भयो भन्दै जनतामा मनपोली तन्त्र लाद्न खोज्दा देशले विकास त पाएन तर भ्रष्टाचार र महगीले चरम सिमा नाघेको भने देखियो, जनता भन्दा माथि उठेर काम गर्नु देशको हितमा भन्दा पर हटेर काम गर्ने जस्ता क्रियाकलापले जनता वाक्क दिक्क हुदै गर्दा फेरी परिवर्तन खोज्न थाले ।

यो भनेको समयको माग हो । हरेक व्यवस्थामा समयको ठूलो भूमिका हुन्छ । राजा गए तर राजा बन्ने होड हटेन स्वार्थमा दल डुब्नाले देश ओरालो लाग्न थाल्यो यसैको परिणाम स्वरूप जन्तामा परिवर्तनको सोचले जडा गाड्न थाल्यो यसैलाई परिवर्तन भन्दछन् । मेरो बुझाई मा यहाँ राजाको होइन जनताको भावना समेट्न नजान्दा परिवर्तन देखिन थाल्यो ।

राजाले गरेनन् तर लोकतन्त्र प्राप्त गरिसकेपछि किन परिवर्तन हुन सकेन । जनताको भावनालाई समेटेर देशमा पहिलो प्राथमिकता उद्योग, खानी उल्खनन्, बिद्युत उत्पादन जस्ता काम गर्दै अघि बढ्नुपर्ने थियो तर आफ्नो दुनो सोझाउने जस्ता काममा डुबेको देखिनु आफैमा गलत थियो ।

लोकतन्त्र गलत थिएन काम गर्ने प्रणाली गलत हुनाले आज यस्तो देखिन थाल्यो । नक्कल गर्ने बानी राम्रो होइन थिएन देशको माटो अनुसार काम गर्नुपर्ने थियो तर गरेको पाइएन यो नै दुर्भाग्य थियो ।

नेपाल युरोपको उपनिवेश संसारभरि फैलिँदा पनि एक स्वतन्त्र मुलुक हो रहने छ । विश्वका १७ मुलुकमध्ये नेपाल एक हो, जुन मुलुक इतिहासमा नै कुनै अर्को मुलुकको उपनिवेश बन्नुपरेन अर्थात् जनता गुलाम बन्न परेन यही ठुलो सम्मझनु पर्दछ । यस्तो राष्ट्रका हामी जनताको सोच किन परिवर्तन हुन सकेन ।

छिमेकी राष्ट्र भारतको नै कुरा गरौं त्याहाको जनसंख्या नेपालको जनसंख्या भन्दा ८ गुना बढी छ । तर त्यहाँ संसदको संख्या कम छ । हामीले अरूले के गरे होइन हामीले के गर्दा देश र जनताको हितमा राम्रो हुन सक्छ भन्नेतर्फ ध्यान पुर्याउन जरूरी देखिन्छ ।

लोकतन्त्रको मर्मलाई बुझ्न नसक्दा जनतालाई सास्ती भएको छ । अनावश्यक खर्च ले देश डुब्न सक्छ । देशको स्तरमा सुधार गर्न अन आवश्यक खर्च र विलासिताको खर्च कटौती गरेर मात्र होइन देशको विकासमा हातेमालो गर्दै अघि बढ्न सकेको भए आज जनता परिवर्तनको नाममा राजा पुकार्ने थिएनन् ।

*डा. राम बहादुर बोहरा नेपाल वैकल्पिक चिकित्सा विकास परिषद नवलपरासीको अध्यक्ष, बरिष्ट आयुर्वेद डाक्टर, साइन्स इन्फोटेक र नेपालपत्रका सल्लाहकार तथा नेपालपत्रको स्वास्थ्य स्तम्भकार हुनुहुन्छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !