१४ बैशाख २०८१, शुक्रबार

गायक सन्तोष खड्काको ‘नमरि बाँचे’ चाँडै सार्वजनिक हुँदै


santosh

६ फाल्गुन, काठमाण्डौं । गायक सन्तोष खड्काको आफ्नै शब्द, स्वर रहेको नयाँ आधुनिक गीत ‘नमरि बाँचे’ चाँडै नै बजारमा आउदैँछ । गीत संगीतको क्षेत्रमा विस्तारै आफ्नो प्रभाव जमाउँदै गरेका खड्काले परदेशिएका दाजुभाई दिदि बहिनीहरुको पिडालाई समेटेर नमरि बाँचे बजारमा ल्याउने भएका हुन् ।

आफ्नो घर परिवार, बुढा बुढी आमाबुबा र ससाना नानीहरुलाई छाडेर विदेशिनु पर्दाको एउटा जिम्मेवार पुरुषको पिडा यस गीतमा समेटिएको छ ।   ।

सानै उमेरबाट निकै दुख र कष्टको जीवन गुजारा गर्दै आएका खड्का आफु समेत परिवारको पालन पोषणका लागी निकै पटक विदेशिएका थिए । उनले आफुले भोगेका पिडालाई नै सम्झेर गीतको रचना गरेको बताउँछन् ।

सामाजिक काममा समेत रुचि राख्ने खड्काको संगीत क्षेत्रभने सोखको क्षेत्र मात्र भए पनि विस्तारै यस क्षेत्रमा पनि प्रभाव जमाउन थालेका छन् । उनको मुख्य पेसा भनेको प्लम्बर टेक्निसियन हो । उनी आफ्नो कामबाट फुर्सद निकालेर गीत संगीतलाई समय दिँदै आएका छन् ।

नमरि बाँचे भन्दा अघि पनि उनले साहु बाकि छोरी, माइ मेला, झिमझिम पानी लगायतका गीतहरु निकालिसकेका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !